काभ्रेपलाञ्चोकमा एक सय ९३ जनाको मृत्यु, सात सय भन्दा बढी घाइते
बनेपा, १४ वैशाख । काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पबाट अहिलेसम्म एक सय ९३ जनाको मृत्यु भएको छ । प्राप्त पछिल्लो विवरण अनुसार सात सय जनाभन्दा बढी घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार करिब २५ हजार घर क्षतिग्रस्त हुनुका साथै एक लाख मानिस विस्थापित भएका छन् । प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले जिल्लाका वनखुचौर र पोखरीचौरी गाविसका भूकम्प पीडितको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोगमा ल्याउन लागिएको बताउनुभयो ।
प्रजिअ ढकालका अनुसार पाँचखाल नगरपालिकामा सबैभन्दा बढी ४९ जना, महादेवस्थान गाविसमा १७ जना तथा गौरीविसौना देउपुर र नयागाउँ देउपुर गाविसमा १६/१६ जनाको मृत्यु भएको छ ।
“करिब ८५ प्रतिशत घर क्षतिग्रस्त भएको उहाँको भनाइ छ । पीडितलाई त्रिपाल र खानाको समेत समस्या भइरहेको बताइएको छ ।
यसैबीच, बनेपा नगरपालिकाले नगरवासीलाई खुला चौरमा व्यवस्थित गर्न विपद् सामग्रीको वितरण थालेको छ । सभासद्, राजनीतिक दललगायतको आज बसेको सर्वपक्षीय बैठकले विपद् सामग्री उपलब्ध गराउन रकम छुट्याउने निर्णय समेत गरेको छ ।
बनेपा नगरपालिकाका कार्यकारी अधिकृत सुरेश दाहालका अनुसार जिविसले रु १५ लाख, पाँचखाल नगरपालिकाले रु तीन लाख, धुलिखेल, पनौती र काँशीखण्ड नगरपालिकाले रु दुई÷दुई लाख तथा जिल्लाका सम्पूर्ण गाविसले रु ५०÷५० हजार रकम छुट्याउने निर्णय बैठकमा गरिएको छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया