९० साल फर्कियोः देशै भर भुकम्पको धक्का महसुस

इनेप्लिज २०७२ वैशाख १२ गते ८:०७ मा प्रकाशित

d 1

आज मध्यान्ह १२ यता देशै भर धेरै पटक भुकम्पको ठूलो झट्का महसुस गरिएको छ । भुकम्प ७.८ रेक्टर स्केलको भएको जनाइएको छ । भुकम्पको केन्द्र विन्दु लमजुङबाट ३५ किमी पुर्व रहेको बताइएको छ। नेपालीहरुले ९० फर्किएको अनुभव गरेका छन् । भुकम्पले देशै भर ठूलो क्षति गरेको महसुस गरिएको छ ।

पछिल्लो जानकारी अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्पको चपेटामा परेको नेपाललाई ठूलो सहयोगको घोषणा गरेका छन् l १५ हजार कम्बल र २५ सय थान टेन्टसहित भारतीय वायुसेनाको विमान नेपाल आउँदै गरेको जानकारी प्राप्त भएको छ l

b

सडक फुटेका छन्। पटकपटक भूइचालो गइरहेको छ । सडकमा मानिसहरु के गर्ने, कहाँ जाने भनेर अन्योल बढेको छ। राजधानीका धेरै स्थानमा बर्षौदेखि कच्चा अवस्थामा रहेका घर र पर्खालहरु भत्किएका छन् । राजधानीका अधिकांश अस्पतालमा घाईतेहरुको घुईचो लागेको छ । पटक–पटक भुकम्पको धक्का आईरहेको हुनाले अस्पतालहरुले बाहिर खुल्ला ठाउँमा राखेर उपचार गराईरहेका छन् ।

ठुलो भुकम्प गएपछि त्रसित भएका राजधानीवासीहरु अहिले खुल्ला स्थानमा जम्मा भएर बसिरहेका छन् । राजधानीको ऐतिहासीक धरहरा ध्वस्त भएको छ । दरबार हाईस्कुलको केही भु–भाग भत्केको छ भने असन र पाटन क्षेत्रमा ठुलो क्षती पुगेको छ । राजधानीमा मानविय उद्धारको कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सबैभन्दा बढी गोरखामा १४ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ । नुवाकोटमा ६ जना, भक्तपुरमा ५ जना सुनसरीमा २ जना र मकवानपुरमा ३ जनाको मृत्यु भएको छ ।

भूकम्पमा मोरङ जिल्लामा ११ जना घाइते भएका छन् ।यस्तै विराटनगरकै विभिन्न स्थानमा घरवाट हामफाल्ने क्रममा अन्य ५ जना पनि घाइते भएका छन् । घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भूकम्पवाट जिल्लाको केही विद्यालय र घरहरू चर्किएका छन् ।

जिल्ला भरी नै प्रहरी परिचालन गरि भूकम्पवाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भईरहेको छ । निक्कै बेर सम्म र पटक पटक धक्का महसुस गरिएपछि अझैपनि सर्वसाधारण त्रासमै छन् । खासगरि बालबालिकाहरू बढी त्रसित भएका छन् ।

भक्तपूर दरवार स्क्वायरमा पनि ठूलो क्षति भएको छ l कृष्ण मन्दिर पनि भत्किएको छ l रुकुममा १ जनाको मत्यु भएको छ । मानवीय क्षतिको थप खबर छैन । तर, भौतिक क्षति ठुलोछ l

11

10

7

4

3

2

1

ann

bb 1 bb 2 bb 3

prem-3

prem-

d

c

प्रतिक्रिया