बिहीबार, मंसिर ११ २०७७
काठमाडौं १२:५१
वासिङटन डिसी 02:06

सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

इनेप्लिज २०७२ वैशाख १२ गते ७:४८ मा प्रकाशित

accident-signनवलपरासी, १२ वैशाख । सवारी दुर्घटनामा यहाँ एक जनाको मृत्युभएको छ भने चार गम्भीर घाइते भएका छन् ।

वर्दघाट नगरपालिका–२ चिसापानीमा सवारी साधन एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु हो । दुई जना गम्भीर घाइते भएका छन् ।

पूर्वबाट पश्चिम जाँदै गरेको लु१ख ८५९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना३च ३१० नम्बरको जिप एक आपसमा ठोक्किएको हो । मृत्यु हुनेमा नवलपरासी गैँडाकोट नगरपालिका–७ बस्ने ३० वर्षीय गोविन्द कुमाल रहेका छन् ।

हाल घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै नवलपरासी रामग्राम नगरपालिका–५ स्थित हुलाकी सडक खण्डको पुल रामखण्डमा मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् ।

परासीबाट भैरहवातर्फ जादै गरेको लु११प ९५६६ मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्ँिकदा सो दुर्घटना भएको हो ।

प्रतिक्रिया