हावाबाट बिजुली बाल्न पाएपछि स्थानीय हर्षित
इनेप्लिज
२०७२ वैशाख ११ गते २:३५ मा प्रकाशित
परासी, ११ वैशाख । नवलपरासीको विकट पहाडी धैबादी गाउँ विकास समितिमा हावाबाट बिजली बाल्न पाएपछि स्थानीयहरू खुसी भएका छन् ।
नेपालमै पहिलो पटक वायु सौर्य ऊर्जा उन्नत प्रविधि हावाबाट बिजुली निकाल्ने प्रविधि विधिबाट बिजुली बाल्न पाएपछि स्थानीयहरू खुसी भएका हुन् ।
जसबाट पहाडी धौबादी गाविसका ६० घरपरिवारले बिजुली बाल्न पाएका छन् ।
जडित बायु सौर्य ऊर्जा उन्नत प्रविधिबाट १२ किलोवाट बिजुली निकालिएको हो । जसअन्तर्गत १० किलोवाट वायु ऊर्जा र दुई किलोवाट सोलार प्रविधिबाट निकालिएको छ ।
नेपालमै पहिलो पटक हावाबाट बिजुली निकाल्ने यो प्रविधि नवलपरासीको पहाडी धैबादीको रुद्रपुर गाउँमा छ ।
विशेष गरी नवपरासीको धैवादीलाई नवीकरणीय ऊर्जाको क्षेत्रमा नमुना गाउँ बनाउने उद्देश्यका साथ एसियाली विकास बैंकले दुई वर्षअघि सो प्रविधिको जडान गरिदिएको थियो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया