टिपरबाट खस्दा मजदुरको मृत्यु

इनेप्लिज २०७२ वैशाख १० गते ८:३४ मा प्रकाशित

accident-signतनहुँ, १० वैशाख । सडक मर्मतको सामान लिएर जिल्लाको डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको ग१ख २४०५ नंको टिपरबाट पुर्कोट गाविस–३ स्थित रानीपारीमा खस्दा आज बिहान एक मजदुरको मृत्यु भएको छ ।

उक्त टिपरबाट खस्दा गम्भीर घाइते भएका बाँके जिल्ला पुम्दी–३ बस्ने २२ वर्षीय आज्ञाराम रहिदासको उपचारका लागि डुम्रेस्थित लक्ष्मी अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टिपर चालक प्रहरी नियन्त्रणमा रहेको र अन्य अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया