विराटनगर, १० वैशाख । ताप्लेजुङमा बुधबार चट्याङ पर्दा एकको मृत्यु भएको छ भने एक घाइते भएकी छन् ।
डुम्रिसे–१ बस्ने २५ वर्षीय बमबहादुर विश्वकर्माको मृत्यु भएको छ भने १७ वर्षीया रीता विश्वकर्मा घाइते भएकी छन् ।
गम्भीर रुपले घाइते दुवैलाई अस्पताल लग्नेक्रममा बाटोमै बमबहादुरको मृत्यु भयो भने रीताको पाँचथरस्थित अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया