झाडापखालाबाट बालकको मृत्यु
इनेप्लिज
२०७२ वैशाख १० गते ३:३१ मा प्रकाशित
भीमदत्तनगर, १० वैशाख । दार्चुलाको सुनसेरा गाविस–५ दम्फामा झाडापखालाका कारण एक बालकको बुधबार मृत्यु भएको छ ।
नौ वर्षीय बालक खिमाराम कामीको झाडापखालाका कारण मृत्यु भएको हो ।
सोमबारदेखि बिरामी भएका कामी मङ्गलबार उपचारका लागि सुनसेरा स्वास्थ्य चौकी लगेका थिए । स्वास्थ्य चौकीमा झाडापखालामा लगाउने आरएल सलाइन नभएपछि बिरामीलाई जिल्ला अस्पताल सिफारिस गरिएको स्वास्थ्य चौकी इन्चार्ज दरपालसिंह कुँवरले बताउनुभयो ।
मृतक बालकलाई बुधबार अस्पताल ल्याउने तयारी गरेको बेला घरमै मृत्यु भएको मृतकका बुबा हरेराम कामीले बताउनुभयो । स्वास्थ्य चौकी इन्चार्ज कुँवरका अनुसार स्वास्थ्य चौकीले झाडापखाला लागेका थप तीन जना बालबालिकालाई उपचारको लागि जिल्ला अस्पताल सिफारिस गरेका छन् ।
टेक्ससका उदियमान र्याप कलाकारको जर्जियाको राजमार्गमा गोलीवारीमा मृत्यु
डिसीका १३ बर्षिय किशोरलाई जबर्जस्ती अर्काको गाडी लुट्ने पाइएकोमा पक्राउ
महिला हिंसा,समस्या र चुनौतीको मात्र कुरा हैन,समाधानको बाटोहरु खोजौ
बाइडेनको १.९ खर्ब डलरको कोरोना राहत सिनेटद्वारा पारित
रक्तदानलाई एनआरएन अभियानसँग जोड्ने मेरो सपना छ : प्रेम श्रेष्ठ
प्रतिक्रिया