अतिविपन्न किशोरीलाई कम्प्युटर तालिम

इनेप्लिज २०७२ वैशाख १० गते २:४० मा प्रकाशित

computerसप्तरी, १० वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिकामा अतिविपन्न किशोरीका लागि तीन महिने आधारभूत कम्प्युटर तालिमको आयोजना गरिएको छ ।

तालिम उद्घाटनको क्रममा नगरपालिका अधिकृत आनन्दकुमार ठाकुरले सूचना प्रविधिको अहिलेको युगमा कम्प्युटर शिक्षा अति नै आवश्यक रहेकाले तालिमको आयोजना गरिएको बताउनुभयो ।

नगरपालिकाको ११ वटै वडाका पाँच÷पाँच जना अतिविपन्न किशोरीलाई छनोट गरी तालिममा सहभागी गराएको जानकारी उहाँले दिनुभयो ।

तालिममा ५५ जनाको सहभागिता रहेको बताइएको छ ।

प्रतिक्रिया