पदमार्गमा पर्यटक प्रहरीको व्यवस्था गर्न माग, ११ ठाउँमा राखिँदै
गोरखाबजार, ९ वैशाख । गोरखाको पर्यटकीय पदमार्गमा पर्यटकको सुरक्षाको व्यवस्था गर्न पर्यटन सम्बद्ध संस्थाले माग गरेका छन् ।
पर्यटकको चाप बढ्दै गएको मनास्लु पर्यटन पदमार्ग र रुवीनाला पर्यटन पदमार्गको ठाउँ–ठाउँमा पर्यटक लुटिएको भन्दै धार्चे मनास्लु पर्यटन समितिले सुरक्षाको प्रबन्ध गर्न जिल्ला प्रशासन कार्यालय गोरखा र जिल्ला प्रहरी कार्यालय गोरखासँग अनुरोध गरेको छ ।
समितिका अध्यक्ष साने गुरुङले आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरी र ठाउँ–ठाउँमा प्रहरी चौकी राख्नुपर्ने बताउनुुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेल र प्रहरी नायब उपरीक्षक अर्जुनचन्द ठकुरीलाई आज एक पत्र बुझाउँदै अध्यक्ष गुरुङले पर्यटकको सुरक्षामा ध्यान दिन माग गर्नुभयो । पर्यटकहरु लुटिने क्रम बढ्दै गयो भने पर्यटन क्षेत्रमा दीर्घकालीन असर पुग्ने उहाँको भनाइ छ ।
अहिले मनास्लु पदमार्गको आरुघाट, आर्खेत, सिर्दिवासको फिलिम र सामागाउँमा मात्रै प्रहरी चौकी छ । बा¥ह दिनदेखि १८ दिनसम्मको पदयात्राका क्रममा प्रहरी नभेटिँदा पर्यटकले असुरक्षित महसुस गरेका स्थानीयवासी बताउँछन् ।
त्यस्तै रुवीनाला पर्यटन पदमार्गको सुरुको बिन्दु बारपाकमा मात्रै प्रहरी चौकी छ । अन्य ठाउँमा प्रहरी नहुँदा धार्चेलगायत क्षेत्रमा चोरीको घटना बढेको छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालयले पदमार्गमा पर्यटक प्रहरी राख्ने तयारी गरेको छ । प्रनाउ ठकुरीकाअनुसार पदमार्गको ११ ठाउँमा पर्यटक प्रहरी राखिनेछ ।
तत्कालीन प्रहरी नायब उपरीक्षक रमेश थापाले पदमार्गमा पर्यटक प्रहरी राख्न प्रक्रिया सुरु गर्नुभएको थियो ।
मनास्लु पदमार्गमा बर्सेनि छ हजारको हाराहारीमा विदेशी पर्यटक घुम्न जाने गरेका छन् ।
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
मेरिल्याण्डका पूर्व प्रहरी प्रमुखलाई शृंखलाबद्ध रुपमा दर्जनौ घरमा आगजानी लगाएको आरोपमा पक्राउ
प्रतिक्रिया