कास्कीमा फेरि दुई बालिका बलात्कृत

इनेप्लिज २०७२ वैशाख ९ गते ४:३९ मा प्रकाशित

rape4कास्की, ९ वैशाख । पोखरामा फेरि दुईवटा बलात्कारका घटना सार्वजनिक भएका छन् । बलात्कृत हुनेमा पाँच वर्षीया बालिका र १६ वर्षीया किशोरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा–१५ पस्र्याङकी पाँच वर्षीया बालिकालाई स्याङ्जा जिल्ला मनकामना–३ घर भई हाल सोही ठाउँ बस्ने १८ वर्षीया कुमार गुरुङले बलात्कार गरेको जनाएको छ ।

कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालका अनुसार गुरुङले बालिकालाई टिभी हेर्न आफ्नो कोठामा बोलाएको र मिठाई दिएर बलात्कार गरेका थिए । बालिकाको आफन्तको उजुरीपछि अभियुक्त गुरुङलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी पोखरा–१७ बस्ने एक १६ वर्षीया किशोरी पनि बलात्कारमा परेकी छन् । बलात्कारमा संलग्न चितवन कठार घर भई हाल सोही ठाउँ बस्ने सेवा चौधरीले किताब लिन बोलाएर आफ्नो कोठामा बलात्कार गरेका थिए ।

चौधरीलाई प्रहरीले वैशाख ५ गते पक्राउ गरी जबर्जस्ती करणी उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया