दुर्घटनामा परी १२ तीर्थयात्रुको मृत्यु

इनेप्लिज २०७२ वैशाख ९ गते ४:३७ मा प्रकाशित

accidentगजुरी (धादिङ), ९ वैशाख । भारतीय तीर्थयात्रु बोकेको बस काठमाडौँतर्फ आउँदै गर्दा त्रिभुवन राजपथको झ्याप्ले खोलामा दुर्घटना हुँदा १२ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

आज बिहान ७ः३० बजे नौबिसे गाविसको झ्याप्ले खोलास्थित सडकबाट ३०० मिटर खोल्सामा खस्दा सो दुर्घटना भएको हो ।

जि जेड १४ एक्स ९९०० नम्बरको दुईतले बस दुर्घटना हुँदा सात महिला र पाँच पुरुषको मृत्यु भएको जानकारी जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक वासुदेव थापाले दिनुभयो ।

घाइतेलाई उपचारका लागि काठमाडौँको वीर अस्पताल तथा शिक्षण अस्पतालमा पठाइँदै गरेको प्रहरीले जानकारी दिएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनाको कारण र अन्य विस्तृत विवरण आउने बाँकी छ । गाडीमा ४५ जना सवार थिए ।

प्रतिक्रिया