बैतडीका दस गाविसमा टेलिकम पुगेन

इनेप्लिज २०७२ वैशाख ९ गते ३:५७ मा प्रकाशित

Baitadi_district_locationभीमदत्तनगर, ९ वैशाख । बैतडीको पुरचौंडी क्षेत्रका हाट, कुवाकोट, महादेवस्थानलगायत आधा दर्जन गाविसमा नेपाल टेलिकमको टावर निर्माण नहँुदा स्थानीयले सञ्चार सेवा पाउन सकेका छैनन् ।

पुरचौंडी क्षेत्रका अधिकांश स्थानीयसँग नेपाल टेलिकमका नमस्तेका सिमकार्डसहितका मोबाइल सेट भए पनि नेटवर्क नहँुदा भने उनीहरु मारमा परेका छन् ।

टेलिकमको नेटवर्क नभए पनि जिल्ला सदरमुकामलगायत अन्य ठाउँ जाँदा नेटवर्क भएको ठाउँबाट स्थानीयले मोबाइलबाट फोन गर्ने गरेका छन् । अरु बेला सबैले मोबाइल घरमै थन्काउने गरेका छन् ।

पुरचौंडी क्षेत्रका हाट, मल्लादेही, कोटिला, भूमिराज, न्वादेऊ, महादेवस्थान, तल्लादेही र मठैराजलगायतका गाविसवासीले मोबाइल चलाउन पाएका छैनन् ।

गत वर्षदेखि कुवाकोटको कोठेधारमा निर्माणाधीन नमस्ते टावर यथाशीघ्र निर्माण गर्नुपर्ने स्थानीयवासीको माग छ ।

प्रतिक्रिया