कृषकहरुलाई ११ वटा हाते ट्याक्टर वितरण
गाईघाट (उदयपुर), ९ वैशाख । जिल्ला कृषि विकास कार्यालय उदयपुरले मङ्गलबार जिल्लाका विभिन्न कृषक समूहलाई ११ वटा हाते ट्याक्टर वितरण गरेको छ ।
पचास प्रतिशत जिल्ला कृषि विकास कार्यालयको अनुदान र बाँकी कृषक समूहकै लगानीमा ११ वटा हाते ट्याक्टर जिल्लाका विभिन्न कृषक समूहलाई मङ्गलबार एक कार्यक्रमबीच वितरण गरिएको जिल्ला कृषि विकास अधिकृत पवन गिरीले बताउनुभयो ।
ट्याक्टर वितरण गरिएका समूहमा कृषि सहकारी तपेस्वरी, कृषि सहकारी संस्था रामपुर ठोक्सिला, तरकारी कृषि उत्पादक बेल्टार, भलायाडाँडा महिला कृषक समूह, कृषक कृषि समूह रिस्कु र कटारी कृषक समूह रहेका छन् ।
उदयपुरमा खेत जोत्न र कृषक समूहलाई तरकारी फलफूल लगाउनका लागि हाते ट्याक्टर प्रभावकारी हुँदै गएपछि यसको वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय उदयपुरले बताएको छ ।
गत वर्ष पनि दुई पटक गरेर राष्ट्रिय बाली विकास आयोजनाको सहयोगमा उदयपुरका विभिन्न कृषक समूहलाई दश वटा हाते ट्याक्टर वितरण गरिएको थियो ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया