मालसामान बरामद
इनेप्लिज
२०७२ वैशाख ९ गते २:४८ मा प्रकाशित
धनगढी, ९ वैशाख । प्रहरीले करिब रु दुई लाख ५३ हजारको मालसामान बेवारिस अवस्थामा मङ्गलबार यहाँ बरामद गरेको छ ।
प्रहरीको क्षेत्रीय अपराध अनुसन्धान समूह सेती र प्रहरी चौकी कालाकुण्डको संयुक्त प्रहरी टोलीले कैलालीको दक्षिणपूर्वी धनसिंपुर गाविसको नेपाल–भारत सीमा क्षेत्रबाट उक्त सामान बरामद गरेको हो ।
बरामद भएको सामानमा मोटरसाइकलका पाटपुर्जा, खुर्सानी, कुटानी पिसानी गर्ने मिलको चक्की, ब्याट्री, घडी पङ्खा, थ्री चार्जर पिनलगायतका छन् ।
यसैगरी गएराति त्रिशक्ति–भजनी नगरपालिका–२ लालबोझीमा भन्सार छलेर नेपाल ल्याई बेवारिसे अवस्थामा लुकाइछिपाई राखिएको करिब रु ९० हजार मूल्य बराबरको सामानसमेत बरामद गरिएको छ ।
बरामद भएको सामान भन्सार कार्यालयमा बुझाइएको क्षेत्रीय अपराध अनुसन्धान समूह सेतीले जनाएको छ ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया