मतगणना सम्बन्धमा निर्वाचन आयोगको अत्यन्त जरूरी सूचना

इनेप्लिज २०७२ वैशाख ८ गते २२:५२ मा प्रकाशित

nrn logo

मिति: अप्रिल २१, २०१५

हालै सम्पन्न निर्वाचनमा सहभागी सम्पूर्ण मतदाता, निर्वाचन पर्यवेक्षक, निर्वाचन सल्लाहाकार, निर्वाचनमा प्राविधिक रूपमा, कार्यालयीय काममा अहोरात्र खट्नुहुने निर्वाचन टिमका साथीहरू, पत्रकार मित्रहरू, सिम्प्ली भोटिंगका सदस्यहरू र उम्मेदवारहरू लगायत यो निर्वाचनप्रति विभिन्न स्थानबाट चासो राख्नुहुने र सहयोग पुर्याउनुहुने सबैमा सर्वप्रथम निर्वाचन आयोग धन्यबाद व्यक्त गर्दछ ।

निर्वाचनको मतगणना सम्बन्धमा सम्बन्धित सबैमा निम्नानुसार हुने ब्यहोरा जानकारी गराइन्छ:

  • Paper Ballot (कागजको मतपत्र) मार्फत मतदान गर्नुहुनेहरूको हकमा अप्रिल २० गतेभित्र पोष्टमार्क भएको र अप्रिल २४ भित्रमा निर्वाचन आयोगको ठेगानामा आइपुग्नुपर्ने लगायतका व्यहोरा यसअघि नै सार्वजनिक भइसकेको छ ।
  • मतगणनामा प्रतिस्पर्द्धामा गएका (contested postion/s) उम्मेदवारहरूका हकमा उम्मेदवार वा निजको एक जना प्रतिनिधि सहभागी गराइने हुनाले मतगणना प्रतिनिधि (agent) पठाउँदा उम्मेदवारले आफ्नो नाम, उम्मेदवारी दिएको पद, परिचयपत्रको कपि र जसलाइ मतगणना प्रतिनिधि पठाइएको हो निजको मान्यता प्राप्त परिचयपत्रको कपिसहितको मन्जुरीनामा पत्र साथमा दिइ वा यस आयोगलाई [email protected] इमेल मार्फत यथाशीघ्र जानकारी गराउनु होला ।
  • मतगणना यही अप्रिल २५ गते सत्यनारायण मन्दिर, उडसाइड, न्यू योर्क (75-15 Woodside Ave, Queens, NY 11373) मा अपरान्ह १२ बजेपछि शुरू गरिने व्यहोरा सम्बन्धित सबैलाइ जानकारी गराइन्छ ।

निर्वाचन योगका तर्फदेखि

बिनोद रोका, एटर्नी एट ल., अध्यक्ष, राष्ट्रिय निर्वाचन आयोग

गोपाल श्रेष्ठ, सदस्य

माधवी कार्की, सदस्य

कन्हैया कायस्थ, सदस्य र

रोविन थापा, सदस्य

प्रतिक्रिया