सुकुम्बासी बस्तीमा सामुदायिक वनले घर भत्काईदियो

इनेप्लिज २०७२ वैशाख ८ गते १५:३० मा प्रकाशित

भरतपुर, बैशाख ८

पदमपुर स्थित थाङ्खोला सामुदायिक वनले आफू घर नभएको समयमा घर भत्काईदिएको प्रति पदमपुर ८, छयानब्बे बिगाहाका प्रेमकुमार श्रेष्ठले विज्ञप्ती जारी गरी पुनः आफ्नो घर बनाईदिन माग गरेका छन् । वि.सं. २०५९ सालदेखि बस्दै आएको सो क्षेत्रमा वन समूहका अध्यक्ष जयलाल कँडेलले व्यक्तिगत रिसिइवी राखी आफ्नो घर भत्काईदिएको श्रेष्ठले आरोप लगाएका छन् ।
सो बस्तीमा करिब १ हजार घरधुरी सुकुम्बासी बस्दै आएको र समूहले वन क्षेत्रमा तोस खन्ने बहानामा आफ्नो ३ कोठे ढलान घर डोजर लगाई घरको परिवार कोही पनि नभएको मौका छोपी भत्काईदिएकोले समूहले आफ्नो घर पुनः निर्माण गरिदिन माग गरेका छन् । विना जानकारी बस्ती भित्रको मेरो मात्र घर भत्काईनु व्यक्तिगत रिसिइवी भएको श्रेष्ठले बताएका छन् । सुकुम्बासी पनि यसै देशको नागरिक भएको र सो बस्तीमा भएको दुःखद घटनाले आफूलाई मर्का परेको भन्दै समूहको जिम्मेवार व्यक्तिको निर्देशनमा सो कार्य भएको श्रेष्ठले विज्ञप्ती मार्फत आरोप लगाएका छन् ।

प्रतिक्रिया