विराटनगरमा आदिवासीहरु तीर–धनुषसहितको शोभायात्राको तयारी गर्दै
इनेप्लिज
२०७२ वैशाख ८ गते ८:५३ मा प्रकाशित
विराटनगर, ८ वैशाख । जनजाति कल्याण आश्रम, नेपालको आह्वानमा विराटनगरमा तीर धनुषसहित सांस्कृतिक झाँकीको आयोजना हुने भएको छ ।
आदिवासी जनजातिका धर्म, संस्कृति एवम् पहिचानलाई जीवित राख्ने उद्देश्यले वैशाख १० गते मध्याह्न विराटनगरको हाटखोलाबाट झाँकी शोभायात्राका रुपमा शुभारम्भ हुने सो आश्रमद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
सो अवसरमा उक्त समाजका राष्ट्रिय महासचिव प्रेम थुलुङले मोरङ, सुनसरी र झापाका पाँच हजारको सङ्ख्यामा आदिवासी जनजातिको सो शोभायात्रामा सहभागिता रहने बताउनुभयो ।
सो शोभायात्राका संयोजक श्यामप्रसाद मण्डलले आदिवासीको पहिचानको रुपमा रहेको तीर–धनुष चलाउने सम्बन्धमा पाँच दिनदेखि १९ महिलासहित ६५ जनालाई तालिम दिने कार्य भइरहेको बताउनुभयो ।
बाइडेनको १.९ खर्ब डलरको कोरोना राहत सिनेटद्वारा पारित
रक्तदानलाई एनआरएन अभियानसँग जोड्ने मेरो सपना छ : प्रेम श्रेष्ठ
ट्रम्पले बिदेश विभागमा नियुक्त गरेका एक कर्मचारीले सदनमा बिद्रोह गर्दा प्रहरीलाई आक्रमण गरेकोमा ६ वटा अभियोग
टेक्ससमा प्राकृतिक वाष्प बिस्फोट हुँदा कम्तिमा ६ जना अस्पताल भर्ना
डिसीमा कूल ५ जना महिला तथा पुरुषलाई गोली प्रहार,संदिग्धको ब्यापक खोजी
प्रतिक्रिया