गाउँमै प्राविधिक एसएलसी सुरु गर्न महायज्ञ
फलेवास (पर्वत), ८ वैशाख । विद्यालय तहमै प्राविधिक विषय अध्यापन गराउन आर्थिक सहयोग उठाउने उद्देश्यले पर्वतको पकुवा सिल्मीस्थित विश्वज्योति उच्चमाविमा महायज्ञ सुरु भएको छ ।
प्रवेशिका परीक्षामै प्राविधिक शिक्षाका विद्यार्थी सहभागी गराउने उद्देश्यले कुस्मानगरपालिका–१७ मा रहेको उक्त विद्यालयमा महायज्ञ सुरु भएको हो ।
महायज्ञको पर्वत जिल्लाका सभासद्हरु अर्जुनप्रसाद जोशी, कल्पना चापागार्इं र विकास लम्सालले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा उहाँहरुले विद्यालयको शैक्षिक र भौतिक विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सभासद्ले सोही कार्यक्रममा विद्यालयका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
सभासद् अर्जुनप्रसाद जोशीले ५० हजार नगद र दुई लाख ५० हजार भौतिक पूर्वाधारको बजेट र कल्पना चापागार्इंले रु एक लाख २१ हजार र विकास लम्सालले एक लाख एक हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
वैशाख १४ गतेसम्म सञ्चालन हुने महायज्ञमा रु ६० लाखभन्दा बढी सङ्कलन गर्ने लक्ष्य आयोजकले राखेका छन् । यसबाट प्राविधिक शिक्षा सुरु गर्नका लागि पूर्वाधारको विकास तथा आवश्यक रकमको जोहो गर्न सहज हुने महायज्ञ आयोजक समितिका संयोजक चुडामणि सुवेदीले बताउनुभयो ।
विद्यालय तहमा प्राविधिक शिक्षा नहुँदा उत्पादित जनशक्ति बेरोजगार बन्दै गएकाले शिक्षालाई प्राविधिक बनाउन विद्यालय तहमा नै प्राविधिक विषय पठाउने उद्देश्य राखिएको महायज्ञ आयोजक समितिले जानकारी दिएको छ । कक्षा ९ देखि नै प्राविधिक विषय पढाउने उद्देश्यले आर्थिक सहयोग सङ्कलन गर्न महायज्ञ आयोजना गर्न लागिएको विद्यालयका पूर्व प्राचार्य एवम् महायज्ञ आयोजक समितिका संयोजक सुवेदीले भन्नुभयो ।
विसं २०१८ मा स्थापना भएको विद्यालयमा २०३४ सालदेखि निमाबि र २०५२ सालदेखि माध्यमिक तहको पढाइ सञ्चालन हुँदै आएको छ भने २०६६ सालमा उच्चमाध्यामिक तहको पढाइ भइरहेको छ । विद्यालयको भौतिक अवस्था कमजोर र जमिन साँघुरो भएकाले महायज्ञबाट उठेको रकमलाई विद्यालयको भौतिक सुधारमा लगाउने योजनासमेत बनाइएको छ ।
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
राजधानी मन्दिरमा नेपाली पण्डित मोतिलाल शर्माबाट— स्वस्थानीको सॉगे (भिडियोसहित)
अमेरिकाको मिसिगनमा १४ बर्षिय किशोरीले हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ
एफडिएले अमेरिकामा जोन्सन एण्ड जोन्सन सहित कूल तीन खोप बनाउने प्रतिष्ठानलाई आपतकालीन प्रयोग गर्न खोपको स्वीकृत
प्रतिक्रिया