मिनिरल वाटरमा लेदो भेटियो
इनेप्लिज
२०७२ वैशाख ८ गते २:२४ मा प्रकाशित
मोरङ (पथरी), ८ वैशाख । विराटनगरमा खानेपानी मिनिरल वाटरमा अखाद्य वस्तु माटोको लेदो फेला परेको छ ।
श्रीजल उद्योगले उत्पादन गरेको सिलबन्दी प्याक पानीको बोतलको सिलबन्दी प्याकमा माटोको लेदो भेटिएको हो ।
जिल्ला शिक्षा कार्यालय मोरङमा पिउनका लागि एक कार्टुन पानीका बोतल मगाइएकामा कार्टुनमा रहेका सबै एक्वामरिन नामक पानीको बोतलमा पानीमा फोहोर पदार्थ भेटिएको थियो ।
श्रीजल उद्योगको नाममा ब्याच नम्बर ०५ एम १९ नम्बरका बोतलमा फोहोरको लेदो भोटिएको हो । पानीमा लेदो भेटिएपछि छलफलमा नै सहभागी पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलले उपभोक्तामाथि चरम शोषण भएको बताउनुभयो ।
प्रदूषणयुक्त पानी बजारमा पठाएर कम्पनीले सर्वसाधारण उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरेको उहाँको भनाइ छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया