अपहरण र हत्याका योजनाकार हतियारसहित पक्राउ
रत्ननगर (चितवन), ६ वैशाख । अपहरण र हत्या योजनाकार भनिएका पाँच जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा रोल्पाको उवा गाविस–४ का २६ वर्षीय प्रेम रोकामगर, दाङ तुलसीपुर–४ का ३० वर्षीय विशाल घर्तीमगर, सिन्धुपाल्चोक मेलम्ची–१ का १९ वर्षीय प्रेम तामाङ, मोरङ हसन्दह–४ का २१ वर्षीय मयंक शाह र नवलपरासी कोटथर–३ का २२ वर्षीय मीनवहादुर राना रहेका छन् ।
उनीहरुलाई मानिस अपहरण र हत्या योजना बनाएर आएका बेला चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा हतियार र गाडीसहित पक्राउ गरेको प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।
ना१ज ३०७० नम्वरको ट्याक्सीमा आएका उनीहरुबाट कटुवा पेस्तोल, दुई राउड गोली, सिक्सर रिभल्वर एकथान र विदेशी फलामे दाउ बरामद गरिएको प्रउ थापाले बताउनुभयो ।
यस्तै आधा किलो अफिम र चराको दाँत तथा हड्डीसहित प्रहरीले अर्का एक जनालाई समेत पक्राउ गरेका छ । पक्राउ पर्नेमा मकवानपुर मनहरी–१ बस्ने ४२ वर्षका हिरालाल श्रेष्ठ रहेको प्रहरी निरीक्षक रुगम कुँवरले बताउनुभयो ।
उत्तर क्यारोलाइनाकी एक महिलाले कोरोना सहायता ऋणबाट गरगहना,हिरा र महङ्गा समान खरिद गर्दा अदालतमा
डिसीकी नगर प्रमुख म्युरिएल बाउजरकी दिदीको कोरोनाको जटिलताबाट निधन,मर्मस्पर्शी वक्तब्य
द्रुतगतिमा गाडी चलाएका टाइगर वुड्सको खुट्टामा फलामे डन्डी राखियो,वुडको स्वास्थ्यमा सुधार
जोन्सन एण्ड जोन्सनको कोभिड-१९ बिरुद्ध एकल खोपले गम्भीर कोरोनाको रोकथाम हुने : एफडिए
टाइगर वुडले द्रुतगतिमा गाडी चलाउदा दुर्घटना हुँदा बालबाल बचे ,दुवै खुट्टामा गम्भीर चोटपटक
प्रतिक्रिया