सामुदायिक वनको पद हस्तान्तरण

इनेप्लिज २०७२ वैशाख ६ गते १२:०३ मा प्रकाशित

20150419_124036
६ बैसाख
पूर्वी चितवनको जुटपानी – ४ स्थित उदयपुर सामुदायिक वनका नवनिर्वाचित पदाधिकारीहरुलाई आज एक कार्यक्रमका बीच पद हस्तान्तरण एवं सपथग्रहण गरिएको छ । जिल्ला वन कार्यालयका निमित्त जिल्ला वन अधिकृत भरत पनुहरले नवनिर्वाचित समितिलाई प्रमाणपत्र र निर्वाचन समितिका संयोजक ओमप्रसाद लामिछानेले टिका लगाई सपथग्रहण गराउनु भएको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ चितवनका सचिव भरत ढुंगाना, थाङखोला सामुदायिक वनका अध्यक्ष जयलाल कंडेल, जुटपानी गा.वि.स. का सचिव रामकुमार श्रेष्ठ, निवर्तमान उपाध्यक्ष झनक बहादुर गुरुङ्ग लगायतले कार्यक्रममा मन्तब्य ब्यक्त गर्नुभएको थियो । सोहि अवसरमा नवनिर्वाचित अध्यक्ष केशव लामाले वन संरक्षण र उपभोक्ताको हितमा सधै काम गर्न आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

20150419_125904
समूहको वन हस्तान्तरण पछिको दोस्रो अधिवेशनको निर्वाचन गत चैत्र २२ गते आईतबार भएको थियो । निर्वाचनबाट अध्यक्षमा केशव लामा, उपाध्यक्ष सुर्दशन अधिकारी, सचिव विष्णु पोखरेल, कोषाध्यक्ष मिना लामा, सह सचिव नन्दबहादुर थापामगर, अनुगमन संयोजक द्रोणप्रसाद लामिछाने, लेखा संयोजक मोतिराम गजुरेल, अनुगमन समिति सदस्य श्री नरबहादुर घर्ती र श्री नोवबहादुर सिलवाल,लेखा समिति सदस्य श्री दिनेश घलान र जीवननारायण जोशी निर्वाचित भएका थिए ।

               20150419_132648

त्यसैगरी चैत्र २ गतेको वडा भेलाबाट जुटपानी–१ को वडा संयोजक श्री आनन्द अधिकारी, जुटपानी–३ को वडा संयोजक श्री कमला बानिया केसी, जुटपानी–४ को वडा संयोजक श्री काजिमान मोक्तान, जुटपानी–५ को वडा संयोजक श्री हस्तप्रसाद खनाल, साविक पिठुवा–३ को वडा संयोजक श्री गीता दाहाल, साविक पिठुवा–७ को वडा संयोजक श्री गणेश बहादुर भण्डारी, ,साविक पिठुवा–८ को वडा संयोजक श्री भरतवावु कट्टेल, साविक पिठुवा–९ को वडा संयोजक श्री शंकरप्रसाद देवकोटा, शक्तिखोर–४ को वडा संयोजक श्री रक्षा गुरुङ, शक्तिखोर–७ को वडा संयोजक श्री दीलबहादुर श्रेष्ठ, शक्तिखोर–८ को वडा संयोजक श्री चन्द्रविर मोक्तान, शक्तिखोर–९ को वडा संयोजक श्री मिनबहादुर विक सर्वसम्मत चयन भएका थिए । 20150419_132652

प्रतिक्रिया