काठमाडौँ, ७ वैशाख । साहित्य सन्ध्याको ३४८ औँ कार्यक्रम शनिबार ‘सांस्कृतिक परम्परा र रूपान्तरण’ विषयको परिचर्चासहित शुभकामना विशेष कविगोष्ठीका साथ सम्पन्न भयो ।
साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता भएको कार्यक्रममा संस्कृतिविद् डा सुन्दरकृष्ण जोशीले समाजमा चलेका सोह्र संस्कार छोटिएर अहिले न्वारान, व्रतबन्ध, विवाह र मृत्यु संस्कार गरी चार वटामा खुम्चिएको तथा नेवारी समाजमा पनि संस्कार छोटिँदै गएकाले प्रकारान्तरले समाज अन्धविश्वासबाट रूपान्तरित हुँदै गएको पाइएको तर सँगसँगै सामाजिक कार्यहरूमा उत्ताउलो र भड्किलोपन देखिएको बताउनुभयो । “अन्त्येष्टि संस्कारमा भनिने गरुड पुराणले अझै पनि अन्धविश्वासलाई बोकेको छ र यसलाई स्विकार्नुहुन्न भन्ने चेतना सबैमा पु¥याउनु आवश्यक छ”, उहाँले भन्नुभयो ।
गोष्ठीमा डम्बर पहाडी, पूर्ण विराम, राम विनय, बेटी वज्राचार्य, अतृप्त पाण्डेय, रामकृष्ण दुवाल, कणाद महर्षि, ललित बस्नेत ‘भिमाली’ मुकुन्दप्रसाद न्यौपाने, देवी नेपाल, ओमप्रसाद कोइराला, रमेश पोखरेल, ब्रह्मप्रिय प्रेमस्वरूप, डम्बरध्वज लिम्बू, प्रेमराज सिलवाल, गोविन्दप्रसाद आचार्य, अनुज्ञा नेपाल, प्रविज्ञा नेपाल, अभ्यस्त यात्री, इन्दु अंशु, भोलानाथ सुवेदी, अशोक सुवेदी, पुण्य गौतम ‘विश्वास’, उर्मिला पन्त पाण्डेय, जयन्ता पोखरेल, रमेश गौतम ‘पाल्पाली’, प्रमोद स्नेही, प्रेम ओली, सरस्वती चिमौरिया, मोहनमणि पोखरेल, सानु पहाडी, , कल्पना काफ्ले, नवराज श्रेष्ठ, गौरी दाहाल, हिरामणि पाण्डे, जिबी आचार्य, वेदमणि घिमिरे, डिल्लीप्रसाद मुल्तिहुन, गोपाल नेपाल, प्रशान्त खरेल, जङ्ग पहाडी, तुलसीनारायण चित्रकार, रेहान खान, लक्ष्मण अधिकारी, अच्युत घिमिरे, रोशन गिरी नवीन, देवकी केसी, सोमनाथ कोइराला, रश्मि रिमाल, केपी ढकाल, मुक्तान थेवा, रामचन्द्र खतिवडा र तपेन्द्र घोडासैनीले आआफ्ना कविता, गीत गजल प्रस्तुत गर्नुभयो ।
प्रतिक्रिया