अरुण नदीमा डुबेर दुई युवा बेपत्ता

इनेप्लिज २०७२ वैशाख ५ गते १५:५६ मा प्रकाशित

धनकुटा, ५ वैशाख । धनकुटाको पाख्रिबास नगरपालिका–१४ सुनवालुवास्थित अरुण नदीमा डुबेर आज दिउँसो दुई युवा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा पाख्रिबास–६ का १७ वर्षीय सुजन सापकोटा र मोरङ दुलारी घर भई पाख्रिबासमा डेरा गरी बस्दै आएका १८ वर्षीय टेनिस राई रहेको प्रहरीले जनाएको छ ।

स्थानीय हरि माया थापाको दाहसंस्कारका लागि मलामी गएका बेला नुहाँउने क्रममा उनीहरू नदीमा बगेका थिए । प्रहरी र स्थानीयले उनीहरूको खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय धनुटाले जनाएको छ ।

प्रतिक्रिया