दुई दर्जन सुर्ती पसल बिना दर्ता सञ्चालित

इनेप्लिज २०७२ वैशाख ५ गते ६:२७ मा प्रकाशित

tobacco-300x225पथरी (मोरङ), ५ वैशाख । विराटनगरमा झन्डै दुई दर्जन सुर्ती पसल बिना दर्ता सञ्चालित रहेका छन् ।

विराटनगर उपमहानगरपालिकाका अनुसार विराटनगरको जलजला, ट्राफिकचोक, जनआन्दोलन चोक, देवकोटा चोक, तीन पैनी चोक, मुनाल पथ, बरगाछी, कलेज रोडमा रहेका सुर्ती पसल बिना दर्ता सञ्चालनमा रहेको पाइएको छ ।

विराटनगरमा सञ्चालित धेरै सुर्ती व्यवसायीले आन्तरिक राजस्व कार्यालयबाट प्यान नम्बर नलिएको सो कार्यालयले जनाएको छ । त्यस्तै विराटनगर उपमहानगरपालिकामा बिना दर्ता सञ्चालित धेरै पसलले सञ्चालन अनुमति नलिएको पाइएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले उनीहरुको निगरानी र अनुगमन गरिरहेको र छिट्टै करको दायरामा ल्याउने बताउनुभयो । उहाँले १५ दिन दिनअघि अनुगमनको क्रममा अवैधरुपमा बेच्न राखिएका छ बोरा गुड्का बरामद गरेर आन्तरिक राजस्व कार्यालय विराटनगरलाई बुझाएको जानकारी दिनुभयो ।

पन्ध्र दिनअघि २६ सुर्ती पसल अनुगमन गरिएको मध्ये दुई वटा पसलले मात्र दर्ता गरेर सञ्चालन गरेको पाइएको पूर्व क्षेत्रीय खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिक्रिया