ल्यावटेस्ट किट अभावका कारण रोग पत्ता लागेन
जुम्ला, ५ वैशाख । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका लागि आउने बिरामीमा ल्यावटेस्ट किट अभावका कारण रोग पत्ता लाग्ने सकेको छैन ।
अस्पतालमा उपचारका लागि आउने बिरामीमा मौसमी फ्लु र स्वाइन फ्लु भएका रोगीको लक्षण उस्तैउस्तै देखिने भएपछि ल्यावटेस्ट किट नहुँदा कुन रोग हो भन्ने कुरा प्रमाणित गर्न नसकिएको निमित्त मेडिकल डाइरेक्टर चिकित्सक सूर्यमान लिम्बूले बताउनुभयो । उहाँले अहिले अस्पतालमा हरेक दिन सयौँ बिरामी आउने गरेको र अधिकांश बिरामीमा ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, घाँटी दुख्ने, सास फेर्न गाह्रो हुने, जीउ दुख्ने, खान मन नलाग्ने जस्ता लक्षण देखिएको बताउनुभयो । ल्यावटेस्ट किटका लागि जिल्ला स्वास्थ्य कार्यालय जुम्लालाई पत्रचार गरिसकेको र दुई चार दिनभित्र आइपुग्ने उहाँको भनाइ छ ।
छिमेकी जिल्ला जाजरकोटबाट मान्छेको आवतजावत हुने र रोग छिट्टै फैलिन सक्ने सम्भावना बढी भएकाले समयमा नै सर्तकता अपनाउन कर्णाली विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले सर्वसाधारणलाई अपिल गरेको छ ।
यस्ता प्रकारका सङ्क्रमणबाट बच्नका लागि खानेपानी तथा सरसफाइमा ध्यान दिने, झोलिलो चीज खाने, मान्छेको भीडभाडमा नजाने, मुख छोप्ने वा माक्सको प्रयोग गर्नुपर्ने सुझाव चिकित्सक लिम्बूले दिनुभएको छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया