शनिबार, मंसिर २० २०७७
काठमाडौं ११:१७
वासिङटन डिसी 00:32

कविता नयाँ सालको शुभकामना

इनेप्लिज २०७२ वैशाख ४ गते १७:५३ मा प्रकाशित

RakeshKarki

त्यो मेरो टुक्रो खेत बारीलाई

त्यो सानो गाउँ, नर नारीलाई

सबैजना आफ्नै, आफन्तको भावना

नयाँ सालको मंगलमय शुभकामना

जातो पिन्नेलाई, ढिकी कुट्नेलाई

दाउराको चुल्होलाई, भटमास भुट्नेलाई

साँझमा विश्राम खोजी आए पाहुना

ल है नयाँ सालको शुभकामना

बुढाबुढीको मुस्कान केटाकेटीको स्वरलाई

गाईवस्तुको गोठलाई, बाख्राको खोरलाई

सम्झिरहे त्यो खोलामा झरेको झरना

नयाँ सालको मंगलमय शुभकामना

प्रतिक्रिया