काठमाडा । ८३ बर्षको बुढ्यौली उमेरको मान्छेले के गर्न सक्छ होला ? धेरैलाई यस्तो लाग्न सक्छ । तर, करिब आठ दसक पार गरिसक्नुभएका मिनबहादुर शेरचनले भने यो उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने घोषणा गर्नुभएको छ ।
सन् २००८ मे २५ तारिखमा ७६ बर्षको उमेरमा सगरमाथा आरोहण गरी विश्वको सबैभन्दा ज्येष्ठ नागरिकको रुपमा ‘गिनिज बुकमा अफ द वल्र्ड रेकर्ड’ मा कीर्तिमान राख्नुभएको शेरचनले यो बर्ष फेरी आरोहण गर्ने जमर्को गर्नुभएको छ ।
सन् २०१३ मे २३ तारिखमा जापानका युचिरो म्युरोले ८० बर्ष २२४ दिनमा सगरमाथा आरोहण गरी शेरचनको रेकर्ड तोडेपछि उहाँले फेरी सर्वोच्च शिखरमा जाने संकल्प गर्नुभएको
हो । जापनीज नागरिकले रेकर्ड तोड्ने जानकारी पाएपछि सोही समयमा आरोहणको लागि जानुभएको शेरचन भने मौसम खराबको कारण बीच बाटो बाट नै फर्कनुभएको थियो ।
अहिले करिब दुई बर्षपछि जापानिज नागरिकको रेकर्ड तोड्न फेरी ८३ बर्ष ९ महिनाको उमेरमा शेरचनले सगरमाथा आरोहण गर्ने घोषणा गर्नुभएको छ । शेरचनले बुधवार सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्वतारोहण शाखाबाट आरोहणको लागि स्वीकृति पनि प्राप्त गरिसक्नुभएको छ ।
हिमालयन गाइड नेपाल ट्रेक एण्ड एक्सपिडिशन दलबाट शेरचनले सगरमाथा आरोहण गर्न लाग्नुभएको हो । सगरमाथा आरोहणको लागि शेरचनलाई उहाँकी श्रीमति पूर्णकुमारी शेरचन र बुहारी सृजना शेरचनले मन्जुनामा दिनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलाय पर्वतारोहण शाखाका अधिकृत युवराज श्रेष्ठले आरोहणको लागि शेरचनले स्वीकृति पाइसक्नुभएको जनाउदैँ भन्नुभयो, “यो उमेरमा पनि तन्दुरुस्त देखिएकोले शेरचन सफल हुने अपेक्षा गरिएको छ । यो समग्र नेपालीको लागि नै गौरबको विषय हुनेछ । ”
म्याग्दी तोतापनीमा वि.्स १९८८ मा जन्मनुभएको शेरचनलाई उहाँको परिवारले आरोहणको लागि मन्जुरनामा दिइसकेको अधिकृति श्रेष्ठले जानकारी दिनुभयो ।
हिमालयन गाइड नेपाल ट्रेक एण्ड एक्सपिडिसनका अध्यक्ष ईश्वरी पौड्याल शेरचनले अफ्रिल २३ तारिखमा आरोहणका लागि प्रस्थान गरी मे महिनाको मध्यमा शिखरमा चुम्ने लक्ष्य राखिएको बताउनुभयो ।
विश्वको सबैभन्दा पाको उमेरमा सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्ने योजनासहित शेरचन त्यसतर्फ जान लाग्नुभएको जनाउदैँ न्यौपानेले भन्नुभयो, ”पाँच जना सहयोगी सहित सगरमाथा आरोहणको लागि जान लाग्नुभएको शेरचन यो बर्ष सफल हुनुहुनेछ । ”
सगरमाथा आरोहणको लागि शेरचनको आरोहण अनुमति स्वीकृति पाइसकेको र यसको लागि करिब ७५ लाख खर्च लाग्ने पनि न्यौपानेले जानकारी दिनुभयो ।
पर्यटन उद्योग मशाशाखको अनुसार यो बर्षको बसन्त क्रृतुमा गत बर्ष भन्दा बढी ३७ आरोहण टिमले अनुमति लिइसकेका छन् । जसबाट ४० करोडभन्दा बढी राजस्व उठ्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया