जाजरकोटका चार सय ३२ विद्यालय बन्द
जाजरकोट, ३ वैशाख । जाजरकोटमा मौसमी सिजिनल फ्लु र स्वाइन फ्लुका बिरामी दैनिक बढेपछि यहाँका सबै विद्यालय आजदेखि बन्द गरिएको छ ।
जिल्लाका २७६ प्रावि, निमावि ९२ र ६४ वटा मावि विद्यालयको पठनपाठन बन्द गरिएको हो । जिल्ला दैवीप्रकोप उद्धार समितिले गरेको निर्णयअनुसार १५ दिनका लागि विद्यालयमा पठनपाठन बन्द गरिएको हो ।
विद्यालयमा धेरै मानिस जम्मा हुने भएकाले त्यहाँबाट छिटो सङ्क्रमण बढ्ने भन्दै विद्यालय बन्द गरिएको प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले जानकारी दिनुभयो ।
यहाँको अछानी गाविसको एक विद्यालयबाट यो रोग फैलिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । कार्यालय दिएको जानकारीअनुसार नेपाली सेनाको चिकित्सकसहितको टोलीले आज बिहानैदेखि रोग प्रभावित टालेगाउँ गाविसमा उपचार सुरु गरेको छ ।
त्यस्तै चौरजहारीस्थित रहेको मेसिन अस्पतालबाट गएको स्वास्थ्यकर्मीको टोलीले पनि आजबाट उपचार सुरु गरेको छ ।
यसैबीच बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी रामकृष्णा गिरी बिरामी परेपछि थप उपचारका लागि उनलाई काठमाडौँ लगिएको छ ।
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
अमेरिकामा १ करोड २० लाख कोरोनाबाट मुक्त, ७ करोड ८६ लाखले खोप लगाए
एनसीसिओको साधारण सभा भव्यताका साथ सम्पन्न, निजानन्द मल्ल दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित
प्रतिक्रिया