जाजरकोटको प्रकोपबारे एमाले नेतृत्व र स्वास्थ्यमन्त्रीबीच छलफल
काठमाडौँ, २ वैशाख । नेकपा (एमाले) ले जाजरकोटमा देखिएको इन्फ्लुएञ्जा प्रकोपका सम्बन्धमा स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई आज पार्टी कार्यालय मदननगर बल्खुमा बोलाई तत्काल रोकथाम र उपचारको उचित प्रबन्ध मिलाउन निर्देशन दिएको छ ।
पार्टीका महासचिव ईश्वर पोखरेलसहितका नेतालाई स्वास्थ्य मन्त्री अधिकारी, स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्रराज उप्रेतीले जाजरकोटमा भइरहेको इन्फ्लुएञ्जाका सम्बन्धमा भर्खरै गरिएको स्थलगत अध्ययनको प्रतिवेदनबारे अवगत गराउनुभएको थियो ।
जिल्लामा गरिबी, विषम बसाइ स्थिति, रहन–सहन, खान–पान र अन्धविश्वासका कारण पनि स्वास्थ्य समस्या जटिल स्थितिमा रहेको हुनाले मन्त्रालयका तर्फबाट पर्याप्त स्वास्थ्यकर्मी र औषधि पु¥याउन जोड दिँदै महासचिव पोखरेलले विभिन्न पार्टीसम्बद्ध राजनीतिक कार्यकर्ताको सर्वदलीय परिचालनमार्फत नियन्त्रणका निम्ति प्रभावकारी रुपमा कदम चाल्न पनि आग्रह गर्नुभएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
त्यस अवसरमा पार्टीका सचिवालय सचिव प्रदीप ज्ञवाली, सङ्गठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ, पोलिटब्युरो सदस्यहरू काशीनाथ अधिकारी र थममाया थापा, केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र प्रचार विभाग उपप्रमुख सूर्य थापा तथा पार्टीको स्वास्थ्य विभाग सम्बद्ध प्रतिनिधिको उपस्थिति थियो ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया