बगर तरकारी खेतीबाट यथेष्ट आम्दानी
तुलसीपुर (दाङ), २ वैशाख । कुनै समयमा घरवास र जग्गा राप्ती नदीले बगाएपछि चिन्तित भएका देउखुरीका किसान अहिले बगर तरकारी खेतीबाट लाखाँैको आम्दानी गर्न सफल भएका छन् ।
यहाँका सात गाविसका किसान बगरमा गरिएको तरकारी र खरबुजा खेतीबाट लाखौँ आम्दानी गरिरहेका छन् । राप्ती नदी आसपासका गाविसमा ५५७ किसानले एक मौसममा प्रतिव्यक्ति रु ६० हजारभन्दा बढी आम्दानी गरिरहेको तरकारी खेती गरिरहेकी प्रमिला चौधरीले बताउनुभयो ।
“नदीले कटान गरेर बगर बनाएको १०० हेक्टर बढी जमिनमा देउखुरीका विपन्न किसानले तरकारीबाट मनग्य कमाइ गरिरहेका छन्” उहाँले भन्नुभयो ।
विशेष गरेर पुसदेखि जेठ महिनासम्म तरकारी खेती हुने गरेको उहाँले बताउनुभयो । उद्यमशील कृषि सहकारी संस्थाले बीउ र मल तथा कृषि विकास कार्यालयले प्राविधिक सहयोग गर्दै आएको किसानहरु बताउँछन् । यहाँका किसानले रामतोरिया, बोडी, लौका, करेला, गाँजर, फर्सी, खरभुजाको व्यावसायिक खेती गर्दै आएका छन् ।
“बगरमा परिणत भएको जग्गालाई संरक्षण तथा तरकारी खेती गर्न सकिएको छ” तरकारी किसान नन्दु चौधरी भन्नुहुन्छ । एक जना किसानले दैनिक २५ देखि ३० किलोसम्म तरकारी बिक्री गर्न गरेका उहाँले बताउनुभयो ।
“उत्पादित तरकारी तुलसीपुर, घोराही, लमही, भालुवाङ, नारायणपुरलगायतका बजारमा बिक्री गर्ने गरेका छौँ” चौधरीले भन्नुभयो । बुटवल, नेपालगञ्जलगायतका ठाउँमा समेत तरकारी बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
राजधानी मन्दिरमा नेपाली पण्डित मोतिलाल शर्माबाट— स्वस्थानीको सॉगे (भिडियोसहित)
अमेरिकाको मिसिगनमा १४ बर्षिय किशोरीले हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ
एफडिएले अमेरिकामा जोन्सन एण्ड जोन्सन सहित कूल तीन खोप बनाउने प्रतिष्ठानलाई आपतकालीन प्रयोग गर्न खोपको स्वीकृत
प्रतिक्रिया