लम्की (कैलाली), २ वैशाख । कैलालीमा थ्रेसरमा बेरिएर एक वृद्धाको घटनास्थलमा नै ज्यान गएको छ ।
जानकीनगर–५ खर्गौलीमा आज बिहान घरनजिकै आफ्नो गहँु थे्रसिङ गरिरहेको समयमा थ्रेसरको सापटमा बेरिएर सोही ठाउँकी ६५ वर्षीया कलवुतनी चौधरीको ज्यान गएको हो । सापटमा बेरिएर चौधरीको घाँटी काटिएको प्रहरीले जनाएको छ ।
थ्रेसर चलाउन प्रयोग गरिएको से १ त ५५७९ नम्बरका ट्र्याक्टर चालक प्रतापपुरका तेजबहादुर चौधरी भने भागेको इलाका प्रहरी प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक धनबहादुर कठायतले जानकारी दिनुभएको छ ।
चालकको खोजी भइरहेको र शव परीक्षणका लागि टीकापुर अस्पतालमा लगिएको नायब उपरीक्षक कठायतले बताउनुभयो । ट्र्याक्टर र थे्रसरलाई इलाका प्रहरी कार्यालय टीकापुरले आफ्नो नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया