जनसम्पर्क समितिका प्रभावशालीहरुको समर्थन नगेन्द्र पौडेललाई 

इनेप्लिज २०७२ वैशाख २ गते २:०५ मा प्रकाशित
nagendra 1
 
जनसम्पर्क समितिको बहुमत सदस्यहरुको समर्थन 
 
एनआरएन अमेरिकाको लागि अध्यक्ष पदका प्रत्यासी नगेन्द्र पौडेलले आफ्नो उम्मेदवारी दिए पछि अमेरिकाका बिभिन्न शहर र राज्यहरुमा भ्रमण सफलता पूर्वक सम्पन्न गरेका छन् l र उक्त दौरानमा विभिन्न संघ तथा संस्था संग गरेको भेटघाट ,अन्तरक्रिया तथा बहस कार्यक्रममा पौडेलले प्रभाबकारी छाप छोड्न सफल भएका छन l
 
उनका अभिव्यक्ति ,चुनावी प्रतिबद्दता ,चुनाबी मुद्धाहरु ​,विचार र अभिव्यक्ति अत्यन्तै लोकप्रिय भएका छन् l उनले टेक्सासको डालस,अस्टिन ,न्युयोर्क ,बोस्टन ,न्यु ह्याम्प्सायर ,क्यालिफोर्नियाको लस एन्जेलस तथा अन्य राज्यहरुमा  भ्रमण गरेका सबै स्थानहरुमा तथस्ट रहेका मतदाताहरुले उनको भाषण कला तथा उनका विचारलाई समर्थन जनाउने भएको श्रोतले जनाएको छ l
 
अधिकांस स्थानमा उनीलाई सहयोग प्राप्त हुने र उनलाई यो निर्वाचनमा जिताउने प्रतिबद्दता दिएको बुझिएको छ l र ,श्रोत अनुसार उनलाई जनसम्पर्क समितिका बोस्टनमा रहेका माया कडायत ,महेश्वर पन्त ,ध्रुब घिमिरे ,बिमल नेपाल तथा राम थापाले पौडेललाई सहयोग गर्ने भएको बुझिएको छ भने न्यु ह्याम्पासायर बाट भेष राज शर्मा ,राम अधिकारी ,लोक लामा तथा रोबिन थापाले समेत समर्थन गर्ने भएका छन् l
 
यसै गरि मिचिगन राज्यबाट नारायण भट्ट ,अमृत भट्टराई ,धर्म भट्टराई तथा राम प्रसाद बस्यालले समर्थन गर्ने भएको श्रोतले जनाएको छ भने यसै गरि म्यारिल्याण्ड बाट मोहन थापा ,मुकुन्द दाहाल ,एम अधिकारी ,सुरेश कोइराला ,गोपाल बिश्वकर्मा तथा आनन्द घिमिरेले पनि पौडेललाई सहयोग गर्ने छन् भनि श्रोत बताउदछ l
 
यसै गरि नगेन्द्र पौडेललाई नर्थ क्यारोलिनाबाट धनेश्वर शर्मा ,बाबुराम दवाडी ,शिब शर्मा ,श्याम बाबु अर्याल ,आशिष भट्ट तथा जितेन्द्र लामिछानेले समर्थन गर्ने भएको श्रोतले जनाएको छ भने टेक्सास डालस बाट भुवन आचार्य ,दिनेश शर्मा ,भगवान मैनाली ,सिपी पौडेल,ओम भट्टराई ,बेद बस्नेत तथा सुभेन्द्र रानाभाटले समेत समर्थन गर्ने भएको बुझिएको छ l
 
यसै गरि भर्जिनियाबाट मुक्ति दवाडी ,राम चन्द्र भट्र्राई ,माधव पोख्रेल ,कलम भुसाल ,केशब बराल .खगेन्द्र अधिकारी ,बचन देव ठाकुर ,ठाकुर पुडासैनी ,सगर कंडेल तथा लक्ष्मी गौडेलले समर्थन गर्ने श्रोतले जनाएको छ l यसै गरि कोलोराडोबाट धर्म राज श्रेष्ठ ,भुवनेस्वर अधिकारी ,गोविन्द लम्साल ,प्रमोद अधिकारी ,बुद्धि लामिछानेले समर्थन गर्ने छन् भने जर्जियाबाट सन्तोष पहाडी तथा टंक खनाल रहेको बुझिएको छ l
 
न्युयोर्कबाट ,बिजय थुलुङ्ग ,बेद खरेल ,सुन्दर गुरुङ ,भोज राज थोकर ,पिताम्बर भुषाल ,राजेश सापकोटा तथा बिहार लामाले पनि समर्थन जनाई सकेको श्रोतले बताएको छ l एनआरएन अमेरिकाको निर्वाचनको लागि अध्यक्ष पदका सशक्त प्रत्यासी नगेन्द्र पौडेललाई नेपाली जनसम्पर्क समितिका प्रभावशालीहरुको समर्थन प्राप्त हुने भएको श्रोतले जनाएको छ l
 
श्रोत अनुसार नेपाली जनसम्पर्क समितिको दूर संचार प्रणालीको माध्यमबाट बोलाईएको अनौपचारिक बैठकले अध्यक्ष पदका प्रत्यासी नगेन्द्र पौडेललाई समर्थन गर्ने बुझिएको छ l उक्त बैठकमा १९ जना पदाधिकारी मध्ये १५ जनाको उपस्थिति रहेको र अन्य ४ जनाको समेतले एनआरएन युएसए को अध्यक्ष पदमा पौडेललाई समर्थन गर्ने गरि सर्बसम्मतले पारित गरेको छ l
 
र अध्यक्ष पदका उम्मेदवार पौडेललाई बिजयी गराउन र समर्थन जुटाउन  नेपाली जनसम्पर्क समितिले आब्हान गर्ने समेत भएको छ l बिशेष सुत्रबाट जानकारी प्राप्त अनुसार समितिका पदाधिकारी तथा सदस्यहरु धर्म राज श्रेष्ठ ,भगवान मैनाली ,सीपी पौडेल ,विजय थुलुङ्ग ,भोजराज थोकर ,केशब बराल ,ओम भट्टराई ,सुन्दर गुरुङ , माया कडायत लगायत सदस्यहरुको उपस्थिति थियो l
 
र ,मैदानमा उत्रिएका उम्मेदवारहरु संग समन्वय गर्न को लागि विजय थुलुंगको संयोजकतत्वमा धर्मराज श्रेष्ठ तथा केशव बराल सहित ३ सदस्यीय समिति समेत गठन गरिएको जानकारी प्राप्त भएको छ l पौडेल अप्रिल १६ तारिखमा  हुन गैरहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको अध्यक्ष पदका ससक्त दाबेदार हुन। यो संस्थामा बिभिन्न राजनीतिक बिचार ,समुह तथा योग्यता भएका अमेरिकि आप्रवाशी नेपालीहरुको प्रतिनिधित्व हुनुपर्छ भन्ने कुरामा पौडेल प्रतिबद्ध रहेका छन l
 
पौडेललाई पराजयको कहिले अनुभव नरहेकोले जति चुनाब नजिकिदै जान्छ त्यति नै उनको लहर बढ्दै जानेछ l पौडेलले दौडमा बाजी मार्ने निश्चित भएको श्रोतले जनाएको छ l

प्रतिक्रिया