इन्टरनेसनल नेप्लिज् ब्लड डोनर्स द्वारा डा. केसी सम्मानित

इनेप्लिज २०७२ वैशाख १ गते २३:२१ मा प्रकाशित

dr govind kc

चिकित्सा क्षेत्रलाई माफियातन्त्र बाट मुक्त पार्ने अभियानका महान अभियन्ता तथा भ्रष्टहरूको जालोले थला पारि सकेको भ्रष्टचार विरूद्ध सत्याग्रह चलाउने हाडजोर्नी विशेषज्ञ प्रा. डा. गोविन्द केसीलाई अमेरिकामा स्थापना भएको ‘इन्टरनेसनल नेप्लिज् ब्लड डोनर्स”ले काठमाडौँमा ५० हजार नगद सहित कदर पत्रले सम्मान गरेको छ l

उक्त सम्मान कार्यक्रमको चाजो कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार अतुल मिश्रले डा केसीलाई हस्तान्तरण गरेका थिए । केसीले सम्मानित भएकोमा धन्यवाद व्यक्त गर्दै नगद रकम फिर्ता गरि कुनै परोपकारी कार्यमा लगाउन आग्रह गर्दै कान्तिपुरका मिश्रलाई फिर्ता दिएका छन् l

अमेरिकाको न्युयोर्कमा लामो समय देखि बस्दै आएका इन्टरनेसनल नेप्लिज् ब्लड डोनर्सका अध्यक्ष अर्जुन प्रसाद मैनालीले ‘डा. केसीले नेपाल र नेपाली जनताको हितका लागी अतुलनीय योगदान पुर्‍याएकोमा यो सम्मान गरेको बताए l र ,२०७२ नयाँ वर्षको बैशाख १ गते को शुभ साईतमा नगद तथा कदरपत्र अमेरिकाबाट नेपाल पठाएका थिए ।

मैनालीले रक्तदानलाई नेपाली समुदायमा बिश्व ब्यापी रुपमा प्रचार गर्न पटक पटक आफै भ्रमण गर्ने र हौसला स्वरुप पुरस्कार समेत प्रदान गर्दै आएका छन् l रक्तश्रावबाट पिडित दुर्गम भेगका सुत्केरी,असाहय तथा बिरामीलाई सदैब सहयोग गर्ने मैनालीले दुई बर्ष अगाडी बाजुराका चिकित्सक झपेन्द्र पोख्रेल तथा चिकित्सक रौतहटका सुभास चौधरीलाई जनही १० हजार नगद तथा कदर पत्रले सम्मान गरेका थिए l

दुवै चिकित्सकले रगत उपलब्ध नहुदा आफैले रगत दान गरि बिरामीको जीवन बचाएकोले उक्त सम्मान गरेको मैनालीले बताए l

यसै गरि गत बर्ष जुलाई २०१४ मा नेपालका सक्रिय रक्तदाता मध्ये ३ जनालाई जनही ५० हजार रुपैया तथा कदर पत्र उपराष्ट्र पतिको हातबाट सम्मान गरेको बताए l यसै गरि गत बर्ष कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार अतुल मिश्रलाई पनि स्वास्थ्य तथा रक्तदान सम्बन्धि कलम अविरल रुपमा चलाएकोले उनलाई पनि उप राष्ट्रपतिको हात बाट २५ हजार नगदले सम्मान गरिएको मैनालीले बताए l

डा केसी जस्तो महान समाज सेवीलाई हौसला प्रदान गर्न मैले संस्थाको तर्फबाट सानो प्रयास मात्र गरेको हु भन्दै यसले सबैलाई उत्प्रेरणा मिलोस भन्ने हेतुले यो जमर्को गरेको हु ,मैनालीले भने l

अन्तर्राष्ट्रिय नेपाली रक्तदाताका अध्यक्ष अर्जुन मैनालीले सन् १९८७ अगष्ट २० मा बिशाल बजार लायन्स क्लबले आयोजना गरेको कार्यक्रममा पहिलो पटक रगत दान गरेको बताए भने हाल सम्म मैनालीले १ सय ३६ पटक रगत दान गरि सकेका छन् l

प्रतिक्रिया