शुभकामना

इनेप्लिज २०७२ वैशाख १ गते १०:३२ मा प्रकाशित
guna1
बाङ्गा अक्षरमा लेखिएका शुभकामना
अनि राता, निला र रंगीन शुभकामना ।
हिमालको तस्वीरसंगै टांसिएको शुभकामना,
अनि लाली गुरांससंगै फक्रिएको शुभकामना ।
सूर्यको नयां कीरणसंगै उदाएको शुभकामना
सुन्दर तस्वीरले अभिब्यक्त गरिरहेको शुभकामना ।
जम्ल्या हातबाट झरेको शुभकामना
अनि फेसबुक र ट्वीट गरिएको शुभकामना ।
पद र विज्ञापन समेत जनाउने शुभकामना
अनि टुटेफुटेको रोमनको शुभकामना ।
सुकिला मुकिलाहरुले दिएको शुभकामना
अनि गाइ गोठालाबाटै पोष्ट गरेको शुभकामना ।।
फेसबुकमा बाढी झैं आएका यी शुभकामनासंगै
मेरो पनि कस्तो न कस्तो यो शुभकामना ।।।

प्रतिक्रिया