गुणस्तरहीन सामान बेच्न नपाएको बिरोधमा बजार बन्द

इनेप्लिज २०७२ वैशाख १ गते ८:२२ मा प्रकाशित

cdda62735b7d48c1c87a65c52461566a_Lसोलुखुम्बु, १ वैशाख । गुणस्तरहीन सामान बेच्न नपाएको बिरोधमा सदरमुकाम सल्लेरीका व्यवसायीले अनिश्चितकालीन बजार बन्द गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य वस्तु बरामद गरेपछि त्यसको बिरोधमा व्यवसायीले बजार बन्द गरेका हुन् । अनुगमनका क्रममा प्रशासनले गत चैत २७ गते करिब रु पाँच लाख बराबरका म्याद गुज्रिएका सामान तथा चेतावनीमूलक चित्र नभएका सुर्तीजन्य वस्तु बरामद गरेको थियो ।

सामग्री जफत गरी नष्ट गरेपछि व्यवसायीहरुले ति वस्तु कम्पनीमा फिर्ता गर्न लगाउनुपर्नेमा नष्ट गरेको भन्दै बजार बन्द गरेका हुन् । उद्योग वाणिज्य सङ्घका सचिव तार्देन शेर्पाले अनुगमनका नाममा पसल रित्तो हुने गरी सामान नष्ट गरिएको आरोप लगाउनुभयो ।

“क्षतिपूर्ति नपाउँदासम्म बजार बन्द गछौँ” उहाँले भन्नुभयो ।

यहाँका व्यवसायीहरुले सोमबार राती प्रशासन कार्यालयमा धर्ना दिएका थिए । कुरा नमिलेपछि उनिहरुले आज बिहानैदेखि बजार बन्द गरेका हुन् । अहिले सदरमुकाममा होटल, पसल, यातायात सेवा बन्द छ । सदरमुकामबाट राजधानी तथा अन्यत्र जाने यात्रु मर्कामा परेका छन् ।

प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले गुणस्तरहीन सामान बेच्न पाउनुपर्ने व्यवसायीको माग पूरा नहुने बताउनुभयो ।

“व्यवसायीलाई गुणस्तरहीन सामान बिक्री गर्न छुट छैन” प्रजिअ ढकालले भन्नुभयो । गुणस्तरहीन सामान बेचेको पाइएमा कानुनअनुसार कारबाही हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया