सडक महोत्सव सुरु

इनेप्लिज २०७२ वैशाख १ गते ४:५६ मा प्रकाशित

इलाम, १ वैशाख । नयाँ वर्ष २०७२ को अवसर पारेर इलाम सदरमुकामको चोकबजारमा आजदेखि तीनदिने सडक महोत्सव सुरु भएको छ ।

उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यमी इकाईले आयोजना गरेको महोत्सवमा स्थानीय परिकार, जातीय वेशभूषाका पहिरन, हस्तकलाका सामग्री, स्थानीय उत्पादन र खानाका परिकार गरेर २० कक्ष राखिने महिला उद्यमी इकाईकी अध्यक्ष दिव्या भट्टराईले जानकारी दिनुभयो ।

इलाममा धेरै पर्यटक आउन चाहने भए पनि नयाँ वर्षमा खास कार्यक्रम नहुने गरेकाले सडक महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो । सांस्कृतिक झाँकी तथा वेशभूषाको प्रदर्शनी र साङ्गीतिक कार्यक्रम गरिने बताइएको छ । महोत्सवमा स्वस्थ बच्चा, बच्चाहरुको प्रतिभा प्रदर्शनीेलगायत कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया