टेक्सास अस्टिनमा नया बर्ष धमाकामा किर्तिमान कायम र दर्शकको खचाखच

इनेप्लिज २०७१ चैत ३० गते २३:२५ मा प्रकाशित

astin 6

नेपालका ख्याती प्राप्त कलाकारहरु सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, पशुपति शर्मा, प्रमोद खरेल तथा संगिता थापा मगरले टेक्सासको अस्टिनमा आयोजना भएको २०७२ नया बर्ष धमाका किर्तिमान कायम गर्न सफल भएका छन् l

लामो समय देखि अस्टिनमा प्रतिक्षारत रहेका नेपाली समुदायले आफ्ना प्रिय कलाकारहरुलाई प्रत्यक्ष हेर्न पाउदा र संगै नाचगान गर्न पाउदा भरपुर मनोरञ्जन लिएका थिए l कार्यक्रममा सबै टिकट बिक्रि भए पछि हेर्न आएका दर्शकले उभिएर भए पनि पूर्ण सन्तोष मान्दै मनोरंजन लिएका थिए l

astin 2पशुपति शर्मा तथा संगिता थापा मगरको प्रत्यक्ष लोक दोहोरी ,सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’को प्रहसन तथा प्रमोद खरेलको गीत,गजल तथा हास्य व्यंग्यको अद्वितीय प्रस्तुतिले कार्यक्रम स्थल नै तरंगित हुन् पुगेको थियो l

लोक गायिका संगिता थापा मगरले मेरो कालेको आँखै प्यारो छ तथा लाहुरे दाइले झुक्याए मलाई जस्ता गीत गाउदा दर्शक नृत्य गर्न बाध्य भएका थिए भने गायक प्रमोद खरेलले याद गर्न ….कोहि चाहिदो रहेछ , मलाई जसले पनि किन रुवाउछ ….भन्ने गितको प्रस्तुतिले दर्शकले मनोरंजन लिदै उनलाई साथ दिदै नाचेका थिए l

astin 11

यसै गरि युवा लोक गायक पशुपति शर्माको बिशेष गरि मलाई अमेरिका यहीं, मलाई जापान पनि यहीं’ तथा अन्य गीत गाउदा बृद्ध ,बाल बच्चा ,युवा युवती झुम्न बाध्य भएका थिए l

बिशेस गरि सिताराम कट्टेल ‘धुर्मुस’ तथा कुञ्जना घिमिरे ‘सुन्तलीको ‘प्रहसनमा दर्शकले मज्जा लिदै थप्पडी र सिट्ठी बजाएका थिए l

कार्यक्रमको आयोजना एभरेस्ट ग्रुप अफ अस्टिनले गरेको थियो l वर्ल्ड बिजनेस म्यानाजमेन्ट एंड कन्सल्टेन्ट प्रा लि का व्यवस्थापक तथा २०७२ नया बर्ष धमाका भाग १ का कार्यक्रमका संयोजक बुद्धि प्रसाद रेग्मीले ,महेश रेग्मी ,बिनोद खरेल ,सुदर्शन गौतम ,बिनोद कुइकेल तथा सम्पूर्ण  एभरेस्ट ग्रुप अफ अस्टिनलाई बिशेष धन्यबाद दिएका छन् l

astin 13

रेग्मीले आयोजकका सम्पूर्ण पदाधिकारी ,समुह ,सहयोग गर्ने र व्यस्त जीवनमा चलेको अमेरिकामा पनि कलाकारहरुलाई हौसला प्रदान गर्न आउनु हुने अस्टिनका नेपाली समुदायलाई धन्यबाद दिन चाहेको बताए l

रेग्मीले नेपाल फर्के पछि कार्यक्रमबाट उठेको र संचित रकमबाट नेपालस्थित अनाथालयहरुको सहयोग गरिने ईनेपलिज डटकमलाई अस्टिनबाट जानकारी दिए l

astin 3

प्रतिक्रिया