नयाँ वर्ष तिमी शान्तिको वहार लिएर आउ ।
तिम्रो नेत्तृत्वमा यो साल देशमा संविधान वनाउ ।
देशमा सल्वलाएका कुकर्मीहरूलाई सुमार्गको वाटो देखाउ ।
नयाँ वर्ष तिमी नेपाल आमाको आशु पुछ्न आउ ।
देशमा चर्हाईरहेका घाउहरूमा मल्हमपट्टी लगाउ ।
महंगी वेरोजगारी र वन्द हड्तालको अन्त्य गराउ ।
हत्या हिंसा र वलात्कारको खेती निर्मुल नवाउ ।
नयाँ वर्ष तिमी समय सापेक्ष संविधान लिएर आउ ।
वेरोजगार युवाहरूलाई रोजगारीको ढोका खुलाउ ।
विदेशीएका युवाशक्तीलाई स्वदेश फिर्ने वातावरण वनाउ ।
शिक्षा, स्वास्थ्य, वत्ती पानीको लागि विदेशमा हात नफैलाउ ।
नया वर्ष तिमी शान्तिको वहार लिएर आउ ।
जनताको गाली खादै सरकारको आयु मात्र नलम्व्याउ ।
काम गर्नेलाई गर्न देउ, नगर्नेलाई पन्छाउ ।
संकटैसंकटमा देश डुव्दा सवको मनमा गडेको छ घाउ ।
घऱभित्रै दन्केको जातियताको राँको छिट्टै साम्य वनाउ ।
नयाँ वर्ष तिमी नयाँ हर्ष लिएर आउ ।
नयाँ वर्ष तिमी शान्तिको वहार लिएर आउ ।
नयाँ वर्ष तिमी शान्तिको वहार लिएर आउ ।
प्रतिक्रिया