दुर्घटनामा ट्रकचालकको मृत्यु

इनेप्लिज २०७१ चैत ३० गते ४:०३ मा प्रकाशित

accident-signबनेपा, ३० चैत । काभ्रेपलाञ्चोकको वाल्टिङ–९ स्थित ग्रामीण सडकबाट झन्डै ३०० मिटर तल ट्रक खस्दा एकजनाको मृत्यु भएको छ ।

गएराति भएको सो दुर्घटनामा ट्रकचालक ३० वर्षीय कान्छामान स्याङताङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । उनीहरुमध्ये एकको अवस्था गम्भीर भएकाले काठमाडौँ पठाइएको छ । पानी परिरहेको र कच्ची सडक भएकाले वाल्टिङतर्फबाट काठ लिएर आउँदै गरेको बा१ख २५०१ नं को ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया