हाडजोर्नी तथा नशा रोगसम्बन्धी शिविर
इनेप्लिज
२०७१ चैत ३० गते ३:५५ मा प्रकाशित
भद्रपुर, ३० चैत । झापाको बनियानीमा एकदिने हाडजोर्नी तथा नसा रोगसम्बन्धी शिविर सम्पन्न भएको छ ।
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौंको सहयोग तथा रोटरी क्लब अफ भद्रपुर र नेपाल अपाङ्ग सङ्घ झापाको आयोजनामा सो निःशुल्क शिविर सम्पन्न भएको हो ।
झापाको दक्षिण भेग बनियानी, वालुवाडी, केचना, पाठामारी र भारतको विहारका गरी शिविरमा २७० को जाँच परीक्षण गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको आयोजक समितिका धनजुजु श्रेष्ठले जानकारी दिनुभयो ।
अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडाँैका विशेषज्ञ चिकित्सकहरु अनिल श्रेष्ठ, सजु प्रधान, मन्दीप कार्की र लक्ष्मीप्रसाद मैनालीलगायतले शिविरमा बिरामीको परीक्षण गर्नुभएको थियो ।
दुई वर्षको कानुनी लडाई पछि ट्रम्पको गोप्य कर विवरण जिल्ला अधिवक्ताको हातमा
लेडी गागाको कुकुर घुमाउनेको छातीमा गोली प्रहार गर्दै फ्रेन्च बुलडग नामक दुई कुकुर चोरी
ओहायोको बरफिलो तालमा खस्दा किशोरी र उद्धार गर्ने प्रहरी समेतको मृत्यु
अमेरिकाको आर्कन्सको एक घरमा ३ जनाको हत्या ,अपहरित बच्चा सुरक्षित फेला
न्यूयोर्क शहरमा नयाँ प्रजातिको कोरोना भाइरस फेला
प्रतिक्रिया