इलाममा नयाँ बसपार्क निर्माण हुन थालेपछि जग्गाको मूल्य आकासियो
इलाम, ३० चैत । नयाँ बसपार्क निर्माण हुन थालेपछि इलाम नगरपालिकाको जग्गाको मूल्य दिन प्रतिदिन वृद्धि हुँदै गएको छ ।
पाँच वर्षअघि इलाम नगरपालिका–३ ४ र ५ मा प्रतिआना एक लाख रुपैयाँमा किनबेच हुँदै आएको जग्गाको मूल्य अहिले दोब्बरभन्दा बढी भएको छ । हाल उक्त क्षेत्रमा प्रतिआना चार/पाँच लाख रुपैयाँ सम्ममा किनबेच भइरहेको छ ।
बसपार्क निर्माणसँगै होटल व्यवसाय गर्नका लागि इलामका ठूलाठूला होटल, व्यवसायीले ती क्षेत्रको जग्गा खरिद गरिरसकेका छन् भने कतिपयले धमाधम खरिद गरिरहेका छन् । पर्यटन प्रवद्र्धन गराउनका लागि पनि बसपार्क क्षेत्रमा ठूलाठूला घरहरु निर्माण हुदै छन् ।
सघन सहरी विकास कार्यक्रमअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको लगानीमा निर्माण हुँदै आएको नयाँ बसपार्कको काम भइरहेको छ । अघिल्लो चरणमा जग्गाको सिमाङ्कन, रेखाङ्कनजस्ता कार्य सम्पन्न भई अहिले स्थानीय उपभोत्तामार्फत अन्डर ग्राउन्ड नाली निर्माण गर्ने, पर्खाल बनाउने कार्यसमेत भइरहेको बसपार्क उपभोक्ता समिति इलामका कोषाध्यक्ष ज्ञानु दाहालले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०६८/०६९ देखि इलाम नगरपालिका–३ स्थित सेरामा निर्माणाधीन नयाँ बसपार्क १४ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ । इलाम बजारबाट तीन किलोमिटरको दूरीमा रहेको बसपार्क मेची राजमार्गसंग जोडिएको छ ।
उक्त बसपार्कको अनुमानित लागत करिब रु १० करोडको भए पनि यो वर्ष रु १९ लाख बजेट विनियोजन भएको छ । बसपार्क निर्माणका लागि पहिलो चरणमा ठेकेदारका काम सन्तोषजनक नभएपछि स्थानीय उपभोक्तामार्फत काम गरिएको बताइएको छ ।
दुई वर्षको कानुनी लडाई पछि ट्रम्पको गोप्य कर विवरण जिल्ला अधिवक्ताको हातमा
लेडी गागाको कुकुर घुमाउनेको छातीमा गोली प्रहार गर्दै फ्रेन्च बुलडग नामक दुई कुकुर चोरी
ओहायोको बरफिलो तालमा खस्दा किशोरी र उद्धार गर्ने प्रहरी समेतको मृत्यु
अमेरिकाको आर्कन्सको एक घरमा ३ जनाको हत्या ,अपहरित बच्चा सुरक्षित फेला
न्यूयोर्क शहरमा नयाँ प्रजातिको कोरोना भाइरस फेला
प्रतिक्रिया