सबैलाई समेटेर जतिसक्दो चाँडो संविधान जारी गर्न आग्रह
काठमाडौँ, ३० चैत । नेपालका आदिवासी जनजाति समुदायले अधिकारका लागि विभिन्न चरणमा गरेको सङ्घर्षमा आधारित वृत्तचित्र प्रदर्शन गरिएको छ ।
करिब ९० मिनेट लामो वृत्तचित्रमा सो समुदायको भाषा तथा सांस्कृतिक विविधतालाई झल्काउन खोजिएको वृत्तचित्रका लेखक तथा निर्देशक भीषण राईले जानकारी दिनुभयो ।
वृत्तचित्रमा आदिवासी जनजाति, मधेसी, महिला, दलित, मुस्लिमलगायत सदियौँदेखि उत्पीडनमा परेका वर्गको चित्रण गरिएको छ । वृत्तचित्र प्रदर्शनीमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका अध्यक्ष पद्मरत्न तुलाधरले एक्लाएक्लै सङ्घर्ष गर्नुभन्दा पनि वर्षांैदेखि उत्पीडनमा पारिएको सम्पूर्ण समुदायले संयुक्तरूपमा आन्दोलन गर्नुपर्नेमा जोड दिनुभयो ।
आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का अध्यक्ष डण्ड गुरुङ, आदिवासी जनजाति महासङ्घका पूर्वमहासचिव आङकाजी शेर्पा, चलचित्र निमार्ता सङ्घका अध्यक्ष राजकुमार राईलगायतले फरक विचार राख्ने सम्पूर्ण समुदायको अधिकार सुनिश्चित गरी जतिसक्दो चाँडो संविधान जारी गर्न आग्रह गर्नुभयो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया