सत्–मार्ग अभियानको एक दिने विचार गोष्ठी सम्पन्न

इनेप्लिज २०७१ चैत २९ गते ११:४० मा प्रकाशित

सत्मार्ग विचार गोष्ठी हेटौंडा ११ a
हेटौंडा । सत्–मार्ग अभियान नेपालले राष्ट्रियताको लागि सत्–मार्ग अभियान विषयक

एक दिने विचार गोष्ठी सम्पन्न गरेको छ । अभियानको मकवानपुर जिल्ला कार्यसमितिको

आयोजनामा यही चैत्र २८ गते शनिवार हेटौंडा उमनपा ११ नवलपुर श्री त्रिभुवन उच्च

मा.वि. परिसरमा सो गोष्ठी सुसम्पन्न भएको थियो । मकवानपुर जिल्लाका प्रमुख

जिल्ला अधिकारी रामप्रसाद थपलियाको प्रमुख आथिथ्यता तथा समुद्घाटनमा भएको सो

गोष्ठीमा सामाजिक विकास अधिकृत रामकृष्ण थापा, हेटौंडा उमनपाका कार्यकारीसत्मार्ग विचार गोष्ठी हेटौंडा ११ b

अधिकृत भगवान अर्याल, सत्मार्ग अभियानका राष्ट्रियप्रमुख नवराज धिताल, सहप्रमुख देवी

घिमिरे, बौद्धिक प्रमुख आचार्य जनार्दन घिमिरे, संगठन महामन्त्री खेमनाथ आचार्य,

प्रवक्ता दीपक सुवेदी, सचिव हरिप्रसाद सापकोटा, सदस्यहरू श्रीराम क्षेत्री, हेमबहादुर

ढकाल, हरिबंश भेट्वाल, युवा समिति सदस्य बालकृष्ण बजगाई, जिल्ला समितिका

पदाधिकारी एवम् सदस्यहरू, मातृशक्ति विभागका पदाधिकारी एवम् सदस्यहरू, विभिन्न

विभागीय पदाधिकारी तथा सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी भद्र

महिला तथा सज्जनवृन्दहरूको गौरवमय उपस्थिति रहेको थियो ।

गोष्ठीमा बौद्धिक प्रमुख जनार्दन घिमिरे बाट ‘हाम्रो वैदिक विज्ञान’ शीर्षकमा,

सहप्रमुख देवी घिमिरेबाट ‘नेपाली समाजमा मातृशक्ति र सत्मार्ग अभियान’

शीर्षकमा आफ्नो बौद्धिक प्रवचन दिनुभएको थियो ।

सत्मार्ग विचार गोष्ठी हेटौंडा ११ c यसै गरी प्रवक्ता दीपक

सुवेदीले सांस्कृतिक महत्त्वको विषमा जोड दि“दै संस्कृतिले नै राष्ट्रियताको जग

बनाएको विषयमा धारणा राख्दै नया“ वर्षलाई विकृतिमूलक तरिकाबाट नभएर

सांस्कृतिमूलक तरिकाबाट मनाउनु पर्ने कुरामा जोडदि“दै संस्थाको तर्फबाट

विश्वभरीका सबै मानव समुदायलाई नया“वर्ष वि.सं. २०७२ को शुभकामना

दिनुभएको थियो । संगठन महामन्त्री खेमनाथ आचार्यले सत्मार्ग अभियानको

मूल्य, मान्यता, महत्त्व, कार्यक्रम, नीति, योयजनाको बारेमा सांगठानिक अवधारणा

राख्नु भएको थियो । यसै गरी सो गोष्ठीलाई राष्ट्रिय सदस्य श्रीराम क्षेत्री र

मातृशक्ति सीता कण्डेलले कवितात्मक सम्बोधन गर्नु भएको थियो ।

सत्मार्ग विचार गोष्ठी हेटौंडा ११

प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले सत्मार्ग अधियानको कार्य नेपाल र

नेपालीको हितको पक्षमा रहेको हुनाले यस प्रति सबैको सहयोग हुने बताउनु भएको

थियो भने सामाजिक विकास अधिकृत रामकृष्ण थापाले यस प्रकारको अभियानको देश र

जनताले प्रतिक्षा गरिरहेको हुनाले यसमा सबैको साथ रहने बताउनु भएको थियो ।

गोष्ठीलाई अभियानका राष्ट्रिय प्रमुख नवराज धितालबाट सत्मार्ग उद्बोधन

सम्बोधन भएको थियो भने त्रिभुवन उमाविका प्राचार्य केदारप्रसाद विडारीले समसामयिक

अवस्था र सत्मार्गले लिएको अवधारणाको विषय सर्हाना गर्र्नु भएको थियो ।

कार्यक्रम हरिबंश भेट्वालको स्वागतमन्तव्य, जिल्ला सचिव सुवास कण्डेलको उद्घोषण,

जिल्ला कार्यसमिति मकवानपुरका प्रमुख रामचन्द्र बर्तौलाको अध्यक्षतामा एवम् युवा

समितिका राष्ट्रिय सदस्य बालकृष्ण बजगाई, समाजसेवी कृष्णहरि ढकाल लगायतका अभियान

अन्तर्गतका जिल्ला एवम् नगर स्तरीय विभिन्न समितिका पदाधिकारी एवम् सदस्य र

सत्मार्गी कार्यकर्ताहरूको सक्रियतापूर्ण आयोजनामा सुसम्पन्न भएको थियो ।

प्रतिक्रिया