सगरमाथामा पुगे तीस आरोहण दल
सोलुखुम्बु, २९ चैत । आरोहणको मौसम सुरुवातसँगै सगरमाथा आधार शिविरमा चहलपहल बढेको छ ।
आधार शिविरमा ३० आरोहण दलका टोली पुगिसकेका छन् । सगरमाथा आरोहणका लागि आधार शिविरमा अधिकांश टोलीले क्याम्प खडा गरिसकेको आरोहण दलका सदस्य आङफूला शेर्पाले जानकारी दिनुभयो ।
प्रदूषण नियन्त्रण समितिका आइसफल डाक्टरहरुले बाटो खुल्ला गरेसँगै शिविरमा चहलपहल बढेको शेर्पाले जानकारी दिनुभयो ।
“आरोहण दलका सदस्य आधार शिविर पुग्ने क्रम जारी छ” उहाँले भन्नुभयो ।
आरोहण दललाई सघाउन र आवश्यक व्यवस्थापन गर्न आधार शिविरमा ८०० भन्दा बढी नेपाली पुगिसकेका छन् । गत वर्ष आधार शिविरमा गएको हिमपहिरोले १६ जना आरोहण दलका सदस्यको ज्यान गएपछि आरोहणका सबै टोली फिर्ता भएका थिए ।
गत वर्ष आरोहण स्थगित भएकाले पनि यस वर्ष चाप बढेको शेर्पाले जानकारी दिनुभयो ।
यसैबीच सगरमाथा आधार शिविरमा बाटो बनाउने क्रममा एक जना आइफल डाक्टर लडेर घाइते हुनुभएको छ । दोस्रो शिविरमा बाटो बनाउने क्रममा आज आङ्सार्की शेर्पा घाइते हुनुभएको हो । उहाँको खुट्टा भाँचिएको छ । उहाँलाई उपचारका लागि हेलिकप्टरमार्फत लुक्ला हुँदै काठमाडौँ लगिएको छ ।
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउदै
सिडिसीले मतदान गर्दै जोन्सन एण्ड जोन्सनको खोप अमेरिकामा चलाउन सिफारिस
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
प्रतिक्रिया