डेढ सय गोरु नियन्त्रणमा

इनेप्लिज २०७१ चैत २९ गते ५:४७ मा प्रकाशित

कपिलवस्तु, २९ चैत । वडा प्रहरी कार्यालय चन्द्रौटाले १४३ गोरुसहित छ ट्रकलाई गए राति नियन्त्रणमा लिएको छ ।

बर्दियाबाट सर्लाही लैजान लागिएका ती गोरु बोकेको ट्रक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष रोकाले बताउनुभयो ।

पछिल्लो समय बर्दियाबाट सर्लाही, मोरङलगायत पूर्वी नाका हुँदै गोरु भारततर्फ तस्करी हुने गरेको छ । गोरु व्यवसायीले कृषि प्रयोजनका लागि भनेर नेपाल भित्र्याए पनि भारतको पश्चिम बङ्गाल र बङ्गलादेशतर्फ मासुका लागि गोरु निर्यात हुने गरेको छ ।

प्रतिक्रिया