सिरहा र सप्तरीमा आगलागी
इनेप्लिज
२०७१ चैत २९ गते ५:४३ मा प्रकाशित
लहान, २९ चैत । सिरहा र सप्तरीका छुटाछुट्टै स्थानमा गए राति भएको आगलागीमा एक दर्जनभन्दा बढी घर जलेर नष्ट भएको छ ।
सिरहाको सीतापुर–७ मा भएको आगलागीमा स्थानीयवासीका आठ घर जलेर नष्ट हुँदा रु ५० लाख बराबरको क्षति भएको छ । स्थानीयवासी वसुवा यादवका घरबाट राति १२ बजेतिर आगो सल्केको थियो । आगलागीमा परी यादवका दुई भैँसी र दुई बाख्रासमेत मरेका छन् । आगो स्थानीयवासी र प्रहरीको सहयोगमा राति १ बजे नै नियन्त्रण लिइएको थियो ।
यस्तै गए राति नै सप्तरीका बेलही र पकरी गाविसमा भएको आगलागीमा दुई घर जलेर नष्ट भएको छ । बेल्ही–१ बस्ने नारायण साहका घरमा आगलागी हुँदा करिब रु दुई लाख पच्चीस हजार बराबरको क्षति भएको अनुमान गरिएको छ । त्यस्तै सप्तरीकै पकरी–२ का पवन सदाका घरमा आगालागी हुँदा घर तथा घरभित्रको सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
फ़ाइजरको तेश्रो खोप १२ महिना भित्र लगाउनु पर्ने संभाव्यता : प्रमुख कार्यकारी अधिकारी
धेरैले मन पराएको गीत “पिपलु “
डेमोक्र्याटिक दलका सांसद र सिनेटरहरुले सर्वोच्च अदालतमा १३ जना न्यायाधिश हुने पर्ने बिधेयक प्रस्ताव गर्ने योजना
अमेरिकामा कोरोना संक्रमित ११ प्रतिसत र अस्पताल भर्नामा हुनेको संख्या ८ प्रतिसतको वृद्धि
भेटघाट, छलफल तथा अन्तरकृया कार्यक्रममा सहभागी भई दिनु हुन अनुरोध
प्रतिक्रिया