ठूलो परिमाणमा अवैध सुपारी बरामद

इनेप्लिज २०७१ चैत २९ गते ५:३८ मा प्रकाशित

supariलहान, २९ चैत । प्रहरीले सिरहा नगरपालिका–७ बाट गए राति एक ट्रकसहित ठूलो परिमाणमा अवैध सुपारी नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले सवारी जाँचका क्रममा बा२ख ६६७७ नंको ट्रकमा लोड गरिएको १०६ बोरामा राखिएको छ हजार ३६० किलो सुख्खा सुपारी बरामद गरेको हो ।

ट्रकमा अवैध सुपारी पाइएपछि चालक सिरहाको चन्द्रअयोध्यापुर–७ निवासी रामआशिष सदा, ट्रक धनी रामनारायण यादव तथा सुपारी धनी सिरहा नगरपालिका–७ निवासी गोपाल रायलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिनुभयो ।

बरामद सुपारी आवश्यक कारबाहीका लागि राजस्व कार्यालयमा पठाइएको छ ।

प्रतिक्रिया