अफिम खेती नष्ट

इनेप्लिज २०७१ चैत २९ गते ४:२८ मा प्रकाशित

Afim Kheti Nasta-2_1सल्यान, २९ चैत । मूलखोला –६ काफलपानीमा लगाइएको अफिम खेती प्रहरीले शनिबार नष्ट पारेको छ ।

काफलपानी निवासी गोपाल पुनको दुई रोपनी बारीमा लगाइएको अफिम गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सल्लीबजारबाट गएको प्रहरीको टोलीले नष्ट पारेको हो । प्रहरीले अफिम खेती गर्ने अभियुक्त पुन फेला नपरेको जनाएको छ । पछिल्लो समय जिल्लाका विभिन्न चिसो तथा दुर्गम स्थानमा अफिम खेती गरिएको पाइएको छ । अफिमको खरिद गर्ने व्यापारी घरमै आउने र प्रतिकेजी रु १६ हजारसम्ममा कारोबार हुने गरेको पाइएको छ ।

केही दिन अगाडि अफिम कारोबारमा संलग्न सल्यानकै दुई जनालाई साढे चार केजी अफिमसहित शारदा नगरपालिका –१४ का निमलाल विष्ट र सिद्धेश्वरी –७ का विनय चलाउनेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया