यमनमा अलपत्र परेका सबै नेपालीको उद्धार

इनेप्लिज २०७१ चैत २८ गते १६:४१ मा प्रकाशित

yemen 3

यमनको भिषण युद्धको चपेटामा अलपत्र परेका र रियाद नेपाली दुताबास संग सम्पर्कमा रहेका सम्पूर्ण १८ जना नेपालीको उद्धार भएको छ l

नेपाल सरकारको बिशेष पहल तथा भारतीय सरकारको सहयोगमा अलपत्र परेका नेपालीको सुरक्षित उद्धार गरी स्वदेश फर्काइएको जानकारी दूतावासका उपप्रमुख हरिश्चन्द्र घिमिरेले दिएका छन् l

घिमिरेले यमनबाट भारतको पूर्ण सहयोगमा सकुशल उद्धार गरिएका नेपालीमा प्रचण्डमान श्रेष्ठ र राधिका श्रेष्ठ (काठमाडौं), मधु अर्याल (गुल्मी), प्रभुप्रसाद चौधरी (बारा), लोकबहादुर गोदर (स्याङ्जा) ,जयकुमार राई (खोटाङ) ,अनील विश्वकर्मा, मनोज भट्टराई, लेखनाथ खनाल, खुमानन्द पौडेल (पाल्पा), सन्तकुमार रोगु लिम्बू (धनुषा), रोशनकुमार विष्ट (काठमाडौं), गुणदास श्रेष्ठ र भक्तबहादुर श्रेष्ठ (रामेछाप) ,प्रकाश डोटेल, सन्तोष जीसी, सन्तोष पाण्डे तथा तु बहादुर अधिकारी (गोर्खा ) रहेका छन्।

yeman 3

गत अप्रिल १० तारिखमा गोर्खा घर भएका तु बहादुर अधिकारीलाई द्वन्द ग्रस्त क्षेत्रबाट उद्धार गरि टिबौटी सम्म पुगेको  त्यहाँबाट नेपाल लगिने जानकारी दूतावासका उपप्रमुख हरिश्चन्द्र घिमिरेले रियादबाट अमेरिकाको डिसीबाट संचालित ईनेपलिज़ डटकमलाई बताए l

र ,घिमिरेले थप जानकारी गर्दै डेनिस रेडक्रसमा काम गर्ने किशोर ढुंगाना नामका नेपाली युद्ध हुनु भन्दा अगाडी नेपाल गएकोले उनि समेत गरेर जम्मा १९ जना नेपालीहरु यमनमा रहेको तथांक भएको प्राप्त भएको बताउदै उनीहरु सबै  मात्री भुमि पुग्न सफल भएको बताए l

yeman

प्रतिक्रिया