सडक निर्माणमा जुटे स्थानीय
इनेप्लिज
२०७१ चैत २७ गते १:२० मा प्रकाशित
भीमदत्तनगर, २७ चैत । डडेल्धुराको पोखरादेखि शैलेश्वर मन्दिरसम्मको सडक निर्माणमा स्थानीय बासिन्दा जुटेका छन् ।
अमरगढी नगरपालिका–७ का स्थानीय बासिन्दा श्रमदान गरी सडकको निर्माणमा जुटेका हुन् ।
सडक निर्माणका लागि पटकपटक सम्बन्धित निकायलाई आग्रह गर्दा बेवास्था गरिएपछि कुनै पनि सरकारी लगानीबिना स्थानीय बासिन्दा सडकको निर्माणमा जुटेको सडक निर्माण समितिका अध्यक्ष सिद्धराज भट्टराईले बताउनुभयो ।
उहाँले स्थानीयको अग्रसरतामा पोखरादेखि सल्ला गाँउसम्म डेढ किलो मिटर सडक खन्ने कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।
सडक सुविधा नहुँदा स्थानीय बासिन्दा निकै समस्यामा पर्दै आएको र धार्मिक क्षेत्र शैलेश्वर मन्दिर ओझेलमा परेकाले सडक निर्माण थालिएको उहाँको भनाइ छ ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया